पूर्वाञ्चलभरि यस वर्ष चिसोले ६० जनाको मृत्यु

विराटनगर- यसवर्षको अत्यधिक चिसोका कारण पूर्वाञ्चलभरमा ६० जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ। मृत्यु हुनेमा ३४ पुरुष र २४ महिला र २ बच्चा रहेका छन्। प्राप्त जानकारीअनुसार सप्तरीमा ३७, सिराहमा १३, झापामा सात, उदयपुरमा दुई र पाँचथरमा एक जनाको मृत्यु भएको हो।

विगत चारपाँच वर्षयता यस वर्ष पूर्वाञ्चलमा अत्यधिक चिसो भएको अनुमान गरिएको र कठ्याङ्ग्रिएर मृत्यु भएकाको सङ्ख्या पनि प्रहरी तथ्याङ्कभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.