एजेन्सी- भारतीय राज्य महाराष्ट्रको एक राजनीतिक पार्टीले महिलालाई इज्जत बचाउन मुम्बईमा बिहीबार चक्कु बाँडेको छ। राजनीतिमा ‘बाहुबल’ प्रयोग गर्ने भनेर चिनिएको पार्टी शिव सेनाले महिला समर्थकलाई आफ्नो इज्जत आफैंले बचाउनु पर्छ भन्दै चक्कु बाँडेको हो। गत वर्षको अन्त्यमा निधन भएका पार्टीका संस्थापक नेता बाल ठाकरेको जन्मदिन परेको बिहीबार शिव सेनाले चक्कु बाँडेको हो।
गएको डिसेम्बर १६ मा राजधानी नयाँ दिल्लीमा राति नौ बजे गुडिरहेको बसमा एक छात्राको सामूहिक बलात्कारपछि भारतमा महिला सुरक्षाबारे सबैको चासो बढेको छ। शिव सेनाले सरकार महिलाको सुरक्षा गर्न बिफल भएकाले महिलाले आफ्नो इज्जतको रक्षा आफैंले गर्नुपर्ने बताएको छ।
शिव सेना सदस्य अजय चौधरीले जसरी तरकारी काटिन्छ त्यसरी नै गलत नियत राखेर छुनेको हात काट्न महिलालाई बिहीबार सल्लाह दिए। उनले तीन इन्चको चक्कु आफूसँग राख्न पार्टीका महिला समर्थकलाई सुझाव दिए।
बाल ठाकरेले समेत महिलालाई पर्समा लिपस्टिक राख्नु साटो रामपुरी चक्कु राख्नुपर्छ भन्ने गरेको चौधरीले बताए। स्थानीय प्रहरीले भने शिव सेनाद्वारा वितरित चक्कुको जाँच गरिएको र ती चक्कु खतरनाक नभएको जनाएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर