कालारात्री अन्त्य भए पनि बिहानी उदाएनः प्रम

तनहुँ- प्रधानमन्त्री बाबुराम भट्टराईले देशमा सम्पूर्ण सत्ता एमाओबादीको हातमा नभएकाले जनताका चहानाहरु पुरा गर्न नसकेको बताएका छन्। एकिकृत नेकपा माओबादी गोरखाको चौंथो जिल्ला सम्मेलनको उद्‌घाटन अवसरमा बोल्दै प्रधानमन्त्री भट्टराईले देशमा संक्रमणकाल भएकाले आफुले मात्र चाहेर धेरै कुरा गर्न नसकेको बताए।
देशै पिच्छे क्रान्तिको बाटो फरक हुने भन्दै उनले एकिकृत नेकपा माओबादीले राष्ट्रिय महाधिबेशन पछि मुल बाटो टुङ्गयाउने बताए। ‘नेपालमा कालरात्रीको अन्त्य भैसके पनि बिहानीको सूर्य भन् देखिएको छैन,’ उनले भने, ‘एकिकृत माओवादीको अधिवेशन पश्चात पार्टीको मुल बाटो टुड्गो लगाउँछौ।’

नयाँ संविधान सभाको निर्बाचन पश्चात नयाँ संबिधान सभा मार्फत जनताको संबिधान बनाउनुको बिकल्प नभएको भन्दै प्रधानमन्त्री भट्टराईले प्रतिपक्षि दलका नेताहरु निर्बाचन देखी डराएको आरोप लगाए। ‘दलहरुले अहिले नै बिना निर्वाचन सरकार मागेका छन्,’ उनले भने, ‘कुनै पनि देशमा बिना निर्बाचन सरकार बिपक्षिलाई सुम्पीएको ईतिहास छैन्।’ हदैसम्मको लचकता सहेर भएपनि जेठ १४ सम्म नयाँ निर्बाचन गरेरै छाड्ने प्रधानमन्त्री भट्टराईले दाबी गरे।

 

Leave a Reply

Your email address will not be published.