नाममात्रको थारु नमूना ग्राम

सन्तोष दहित, दाङ- दाङको सौडियार ९ सिसहनियामा रहेको थारु नमुना ग्रामको चर्चा परिचर्चा चलिरहदा दाङका थारु अगुवा तथा वुद्धिजीविहरुले आ आफ्नो टिप्पणी गर्न थालेकाछन। सिसहनियमा रहेको थारु नमुना ग्राम नाम मात्र रहेको वताउछन् थारु वुद्धिजीवि चुर्णवहादुर चौधरी। सोझा र इमान्दार जातिलाई झुक्याउने खेलमात्रै हो चौधरीले भने। सिसहनियमा रहेको थारु नमुना ग्राम कुन हिसावले जिविसेले त्यो गाँउलाई नमुना ग्राम घोषणा गर्‍यो आफुले वु‰न नसकेको चौधरीले भने। पाँच वटा परम्परागत थारु घर अर्थात वुक्रही घर वनाएर मात्र नमुना ग्राम घोषणा हुन सक्दैन उनले प्रश्न गरे। यदि त्यो हो भने सवै पुर्वाधारहरु पनि पुर्‍याउनु पर्‍यो चोधरीले भने। घर मात्र बनाएर हुदैन चौधरीले जिविसलाई प्रश्न गरे। चौधरी भन्छन साच्चिकै थारु नमुना ग्रामलाई नमुना ग्राम वनाउने हो भने पहिला कुरा त्यो गाँउलाई शिक्षित वनाउनुपर्छ। बालमैत्रि गाँउ वन्नु पर्‍यो, महिला तथा पुरुष मैत्रि हुनपर्‍यो, गाँउको सरसफाईलाई ध्यान दिनुपर्‍यो, प्रत्येक घरको एक व्यक्ती रोजगारीको सिर्जना गर्नुपर्‍यो, वाटोघाटोको व्यवस्था गर्नुपर्‍यो, खानेपानी हुनुपर्‍यो अनि पो थारु नमुना ग्राम भन्न सकिन्छ चौधरीले भने। थारु नमुना ग्राम भनेर घोषणा गर्ने त्यसको रेखदेख नगर्ने, त्यहा को समस्या के छ त्यसको वारेमा सोधपुछ पनि नगर्ने अनि कसरी हुन सक्छ थारु नमुना ग्राम चौधरीले भने। हरेक सुविधा सम्पन्न र त्यहाँको हरेक चिज देखि लिएर वातावरणमा समेत नमुना हुनुपर्छ त्यसपछि वल्ल नमुना गाँउ अर्थात नमुना ग्राम भन्न सकिन्छ चौधरीले भने। हावातालमा देखावटी पाँच वटा थारु घर वनाएर नमुना थारु ग्राम भन्न मिल्दैन चौधरीले भने। थारु नमुना ग्रामलाई थारु जातिको साँस्कृतिक पहिचान झल्काउने उदेश्यले वनाएपनि त्यो समेत नरहेको चौधरीको भनाइरहेको छ। थारु जातिको साँस्कृतिक पहिचान झलकाउने भनेर सरकारले छुत्याएको वजेट अलि अलि देखाए जस्तो गर्ने विलभरपाई वनाएर खाएर आफुले कुम्लाएको जस्तो मात्र देखियो च्ाौधरीले भने। यस्तो तरिकाले कदापी थारु नमुना ग्राम हुन सक्दैन चौधरीले भने। नमुना भनेको शव्द आफैमा नमुना हुने होइन वनाएपछि हुन्छ। मुखले नमुना भन्ने तर व्यवहारमा भने लागु नगर्ने अनि कसरी हुन्छ नमुना थारु ग्राम चौधरीले भने।
यसैगरि अर्का थारु वुद्धिजीवि सोगतविर चौधरीले भने थारु जातिको रियालिटी निकाल्ने हो भने वास्तविक्तामा जानुपर्‍यो। उनले भने जिविसको अर्न्गतमा थारु जातिको परम्परागत थारु घर उतारेरको छ यस्लाई स्वागत योग्य भन्न सकिन्छ। तर वास्तविक्ता भएन चौधरीले भने। थारु जातिका पहिलाको थारु घर भनेको लामो आकारमा र चौदाई हुनेगर्थ्याे। थारु समुदायका मानिसले कहिले पनि सांघुरोमा वसेनन जहिले पनि फराकिलोमा वस्ने गर्थे चौधरीले भने। सानो सानो झुपदी वनाएर थारु नमुना ग्राम भन्न मिल्दैन। यी साना साना झुपदी त पहिलाका थारु जातिको गोट हुनेगरेको थियो चौधरीले भने। उनले भने साँच्चिकै थारु समुदायको परम्परागत थारु घर देखाउने हो भने ९/१० कोठाका लामो र चौडाई तथा अग्लो वनाउनु पर्ने सुझाव दिए। यतिले मात्र थारु नमुना ग्राम हुदैन चौधरीले भने। थारु नमुना ग्राम वनाउनेको लागि गाँउको सरसफाईमा पनि ध्यान दिनुपर्छ चौधरीले भने। उनले भने मानिसलाई अति आवश्यक चाहिने सवै आधारभुतको आबश्यक्ता परिपुर्ती गरेर मात्र थारु नमुना ग्राम घोषणा गुर्न पर्ने हो चौधरीले भने। थारु नमुना ग्राम भनेर सारा हल्ला मचाउने त्यहा गएपछि वास्तविक्ता केहि नहुने यो कडापी थारु नमुन ग्राम भन्न मिल्दैन चौधरीले भने। यदि वास्तविक्ता थारु नमुना ग्राम वनाउने हो भने त्यहाका हरेक क्रियाकलाप पनि नमुना देखाउन जरुरी छ। थारु नमुना ग्रामको रेखदेख गर्ने त्यहाका मानिसलाई आयआर्जनाको तालिम दिनुपर्‍यो। उनिहरुको जिविको पार्जनको लागि त्यहाका जनताले भने वमोजिमको तालिम आयआर्जनमा लगाउन जरुरी रहेको चौधरीले भने। प्रत्यक परिवारलाई २ कठ्ठा जति जग्गा उपलब्ध गराई वेमौसी तरकारी खेतीपातीको तालिम व्यवस्था गरिदिनुपर्छ। प्रयाप्ता मात्रामा सिचाईको व्यवस्था मिलाईदिनुपर्छ चौधरीले भने। जिविसलाई आगामी दिनमा यस्तो कुरामा ध्यान दिन सुझाव दिए चौधरीले। पैसा खर्च गरे रामरी गर्न अनुरोध पनि जिविसलाई गरे।
त्यसैगरि थारु नमुना ग्रामका अध्यक्ष वेझलाल चौधरीले भने जिविसले आफुहरुसंग जुनकिसिमलेे सम्झौता गर्‍यो त्यो पुरा गरेन। सम्झौता गर्ने वेला यो त्यो चिज जिविसले उपलब्ध गराइदिन्छ भनेर भनेको थिए अझै केहि पनि गरेको छैन चौधरीले गुनासे पोखे। माछा पाल्नको लागि दुइवटा पोखरी वनायो वल्ल वल्ल माछा दियो अहिले पानि नभएर माछा मरिरहेको चौधरीले भने। घर वनाउनको लागि चाहिने केहि चिज खरिद गर्नको लागि पैसा दिए पनि अहिले घर पुरा पनि नभएको चौधरीले जानकारी दिए। थारु नमुना ग्राम घोषणा गरेपछि विभिन्न ठाउवाट पर्यटकहरु आउने गर्छन। अवलोकन गर्नको लागि आएको पर्यटक हरु थारु सस्कृतिवोर जानकारी लिनखोज्छन तर यहा ति वस्तु नहुदा आफुहरुलाई समेत अप्ठ्यारो परेको चौधरीले वताए।

त्यहाका वेरोजगार युवा युवतीहरुलाई आयाआर्जनको तालिम दिनुपर्छ। प्रत्येक घरका छोराछोरी स्कूल गएको हुनपर्छ आदि सवै कुरामा नमुना भए त्यहा जाने जो कोही पनि त्यहाको कुरा सिकेर आफ्नो गाँउ ठाँउमा लागुगर्न सक्छन चौधरीले भने।

Leave a Reply

Your email address will not be published.