आर्थिक अभावका कारण थारु सङ्ग्रहालय सङ्कटमा

दाङ- दाङको घोराहीस्थित भरतपुरमा चार वर्षअघि स्थापना गरिएको थारु संस्कृति झल्कने जिल्लाको एक मात्र थारु सङ्ग्रहालयय आर्थिक अभावका कारण सङ्कटमा परेको छ। कार्यालय सञ्चालन, कर्मचारी खर्च व्यवस्थापन गर्नसमेत नसक्दा सङ्ग्रहालयय सङ्कटमा परेको हो। सङ्ग्रहालय सञ्चालनका लागि सुरुमा घोराही नगरपालिकासँग केही आर्थिक रकम सहयोग माग गरेर सङ्ग्रहालयमा केही भौतिक पूर्वाधार निर्माण गरिए पनि अन्य कुनै निकायबाट कुनै सहयोग हुन नसकेको सङ्ग्रहालय सञ्चालन समिति संयोजक रामप्रसाद चौधरीले जानकारी दिए। सङ्ग्रहालयभित्र प्राचीन समयदेखिका थारु हस्तकलादेखि थारु संस्कृति झल्कने विभिन्न सामग्री राखिएका छन्।

संयोजक चौधरीले प्राचीन संस्कृति लोप हुन थालेपछि आफ्ना जातीय पहिचान झल्कने वस्तु सङ्ग्रह गर्नका लागि गुम्रारा थारुको नाममा थारु सङ्ग्रहालयको स्थापना गरिएको बताए। उनका अनुसार सङ्ग्रहालयमा थारुले प्रयोग गर्ने विभिन्न सामग्री, चित्रमार्फत व्यक्त गरिएका सामाजिक रहनसहनले प्राचीन कालमा कलाको झल्कोसमेत दिने गरेको छ।
सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीबाट रु पाँच, सर्र्वसाधारणका लागि रु २० र विदेशीलाई रु ५० तिर्नुपर्ने नियम बनाइए पनि टिकटलाई व्यवस्थित गर्न नसकिएको समितिले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.