माघीमा पाँच दिन विदा माग

सन्तोष दहित, दाङ- थारु पत्रकार संघ दाङको नेत्तृत्वमा २१ वटा थारु संघ संगठनले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। थारुको महान् पर्व माघिको अवसरमा ५ दिन सम्म सार्वजनीक विदाको माग गर्दै दाङ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले थारुहरुको माग सकारात्मक रहेको बताउँदै यो मागलाई केन्द्रबाट नै सम्बोधनका लागी आफुले पहल गर्नुपर्ने बताउनुभयो। ज्ञापन पत्रमा नेपालका भुमि पुत्र थारु जातिहरुको माघि सबैभन्दा महत्वपुर्ण र ठुलो पर्व रहकोले थारु जातिको भेषभुषा, रहन–सहन, भाषा, सस्कृति एव पहिचानलाई सम्मान उल्लेख गरिएको छ। त्यसैगरि माघिमा थारु समुदायले वर्षभरिको लेखाजोखा गरिनुको साथै आगामी वर्षको कार्ययोजना समेत वनाउदछन। त्यतिमात्र नभएर माघिको दिन महटवा, अघवा, गरधुर्‍या समेत चयन गर्नुपछ ज्ञापनपत्रमा उल्लेख गरिएको छ। ज्ञपान पत्रमा थारु पत्रकार संघ दाङ अध्यक्ष सन्तोष दहित, थारु विद्यार्थी समाज दाङ जिल्ला सचिव नविन चौधरी, थारु कल्याणकारिण सभाका केन्द्रिय सदस्य मेटमणी चौधरी, नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद चौधरी, थारु वुद्धिजीवि परिषद दाङ विकास चौधरी, सोगविर चौधरी, थारु प्रजातान्त्रि संघ अध्यक्ष लक्ष्मीमान चौधरी, थारु युवा परिषद दाङ अध्यक्ष विरेन्द्र चौधरी, थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रप्रसाद चौधरी, नेपाल आदिवासी जनजाति महासंका पुर्व अध्यक्ष सौगतबिर चौधरी, थारु थारु मुक्ति मोर्चादाँङ अध्यक्ष रामवहादुर दहित, थरुहट स्वयत राज्य परिषद्, दाँङका तेजमान चौधरी, थारु संस्कृतिबिद् अशोक थारु, मुक्त कमलहरी बिकास मँञ्चका फकला थारु, लगायतका संघसस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र वुझाएका थिए।

Leave a Reply

Your email address will not be published.