‘थाकस’का महामन्त्री थनैत अस्पताल भर्ना

काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री तथा संघीय समाजवादी पार्टी, नेपालका पोलिट्ब्यूरो सदस्य मिझलाल थारु थनैत ब्रेन हेम्ब्रेजका कारण अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य स्थिति अझै नाजुक रहेको उनकी पत्‍नी लीला पोखरेल थनैतले थारुवानलाई जानकारी दिइन्। तर डाक्टरले भने उनको स्वास्थ्य सुधार भइरहेको बताए।
डाक्टरका अनुसार उनको मस्तिष्कमा रगत जमेको छ। रक्तचापको समस्यासमेत रहेका उनलाई आइसियुमा राखी उपचार भइरहेको उनकी पत्‍नी लीलाले बताइन्।

Leave a Reply

Your email address will not be published.