नयाँ निर्वाचनको विकल्प छैन : यादव

वीरगन्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको संवैधानिक र राजनीतिक सङ्कटको निकासका लागि नयाँ संविधानसभा निर्वाचनको विकल्प नभएको बताएका छन्। नेपाली जनताको चाहनाअनुरूप सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि संविधान सभाको निर्वाचनमा जानुको विकल्प छैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचनका लागि राजनीतिक सहमतिको सरकार अहिलेको आवश्यकता हो।’

अध्यक्ष यादवले प्रमुख राजनीतिक दलको सत्ताकेन्द्रित स्वार्थका कारण मुलुकमा सहमति र सहकार्यको राजनीति फस्टाउन नसकेको बताउँदै अब हुने संविधान सभा निर्वाचनमा मधेसवादी राजनीतिक शक्तिबीच गठबन्धन हुने सम्भावना बढ्दै गएको छ भने।

वर्तमान सरकारको अकर्मण्यताका कारण मुलुकमा दण्डहीनता बढेको आरोप लगाउँदै उनले भने, ‘अपराध कार्यमा संलग्न आपराधी र चन्दा असुली कार्यमा संलग्न माओवादीका कार्यकर्तालाई राज्यले कानुनको दायरामा ल्याउन नसकेका कारण मुलुकमा दण्डहीनताले प्रश्रय पाएको हो।’ अध्यक्ष यादवले मुलुकमा अहिले हत्या, हिंसा, अपराध र भ्रष्टाचारले व्यापकता पाएको बताए। रासस

Leave a Reply

Your email address will not be published.