झापामा पनि सामूहिक बलात्कार

भद्रपुर- झापाको दमकमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक-९ स्थित चिया बगानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनामध्ये तीनजनालाई आज बिहान ५ बजे पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दमक-९ बस्नेहरू १७ वर्षीय सचिन भट्टराई, सन्दीप दर्जी र १९ वर्षीय आशीष दर्नाल रहेका छन्। उनीहरूले अपराध स्वीकार गरिसकेको बताइएको छ।

उक्त घटनामा संलग्न रहेका अर्का एकजना फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। ती युवतीको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। रासस

Leave a Reply

Your email address will not be published.