सप्तरीमा एक दम्पतीको रहस्यमय हत्या

सप्तरी, पुस १७- सप्तरीको जण्डौल गाविसमा एक दम्पतीको रहस्यमय हत्या भएको छ। जण्डौल गाविस–८ निवासी ४५ वर्षीय डम्बर भट्टराई र उनकी ३५ वर्षीया पत्‍नी कौशीलादेवीको रहस्यमय हत्या भएको हो।आफ्नै घरमा घाँटीमा डोरीले बेरिएर हत्या भएको अवस्थामा ती दम्पतीको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुवैको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कुशबहादुर थापाले जानकारी दिए।
हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए। रासस

Leave a Reply

Your email address will not be published.