कहाँगए थारु देशबन्ध्या गुरुवाहरु

तस्बिर सौजन्य : bachubaby.wordpress.com

सन्तोष दहित, दाङ- देशबन्ध्या गुरुवा। यो शब्द सुन्दा जो कोहिलाई पनि यो के होला? जिज्ञासाले सवैलाई छुन सक्छ। देश गुरुवा भन्ने शब्द थारु भाषाको शब्द हो। थारु समुदायमा केहि वर्ष अगाडी आफ्नो गाँउ हुदै गाविस देखि लिएर पल्लो गाविस सम्मको प्रगन्नाको रेखदेख गरिनुका साथै पूजापाठ गर्ने, गराउनेको नेतृत्व गर्दै आएका व्यक्तिलाई देशवन्ध्या गुरुवा भनिन्छ। देशबन्ध्या गुरुवा शब्दलाई अर्को शब्दमा गुर्वाबा पनि भनिन्छ। तर हिज आज देशबन्ध्या गुरुवा वनाउने चलन छाडे पछि अहिले देशबन्ध्या गुरुवाहरु हराउदै गएकाछन्। देशबन्ध्या गुरुवाहरुलाई ठुलो तान्त्रिक मन्त्रका ज्ञाता पनि मानिन्छन। यी देशबन्ध्या गुरुवाहरु भएको सम्वन्धमा सानो किम्बदन्ती रहेको छ। 
थारु गुरुवा महासंघका केन्द्रिय अध्यक्ष तथा नारायपुर ७ जलौराका महटावाका अनुसार प्राचिनकालमा एकजाना ठुलो धनपत भन्ने नामका थारु जातिका देशवन्ध्या गुरुवा थिए। तिनको चार छोराहरु थिए। तिनकै चारवटा सन्तानलाई दाङ जिल्लामा देशवन्ध्या गुरुवाको जिम्मेवारी दिएको थियो। त्यतिवेला देखि थारु जातिका दहित, पछलडङग्या, जिनगुनी र डेमनडौराका थरछुत्याई ती थरका थारुहरुले यसको नेतृत्व जिम्मेवारी दिइएको थियो। त्यसको नेतृत्व पाएपछि उनिहरुलाई आफ्नो कार्यक्षेत्रमा पठाएको थियो। ती चार देशवन्ध्या गुरुवा काम गर्न सजिलो वनाउको लागि क्षेत्रधिकारको वाँडफाड गरिएको थियो चौधरी वताउनुभयो । उहाको अनुसार दाङमा चार प्रगन्ना विभाजन गरिएको थियो। जसअनुसार अग्ला प्रगन्ना, पश्च्ला प्रगन्ना, पाटु प्रगन्ना र पछ्ला प्रगन्ना गरि चार भाग विभाजन गरिएको थियो। अग्ला प्रगन्ना घोराही देखि पुर्व देउखुरी सम्मको प्रगन्ना ‘मद्दा’ देवता मान्ने जिनगुनी थरका व्यक्तिले नेतृत्व गर्दै आएका थिए भने, पश्च्ला प्रगन्ना तथा छिल्ली प्रगन्नाको नेतृत्व ‘भेर्‍वा’ देवता मान्ने दहित थरका जातिले, पाटु प्रगन्ना तथा पछ्ला प्रगन्नाको जगनथ्या देवता मान्ने पछलडङग्या जातका थारु जातिले नेतृत्व गर्दै आएका थिए। त्यसैगरि वाँकी ठाँउमा छुटेको गाँउठाँउका डेमनडौरा जातिका थारुले रेखदेख गर्दै आएका थिए। देशवन्ध्या गुरुवाहरुको गाँउ गाँउमा मारकात, हिंसालाई अन्त्य गर्नुको साथै दिगो शान्ति स्थापना गर्नको लागि ठुलो भूमिका खेल्दैआएको चौधरी वताउनुहुन्छ। यति मात्र नभएर गाँउमा जो कोही विरामी परेको विरामीहरुलाई गुरुवाको मार्फत तन्त्र मन्त्रले निको वनाउने कार्य पनि गर्दै आएको चौधरी वताउनुहुन्छ। त्यसैगरि विग्रेको अन्नवालिलाई सपार्नको लागि गुरुवाहरुको तन्त्र मन्त्रवाट राम्रो वनाउदै आएका चौधरीको भनाई रहेको छ। यति ठुलो महत्व काम गर्दै आएको देशवन्ध्या गुरुवाहरुको नेतृत्व गर्ने अर्थात त्यो विषयमा चासो नराखेकोले अहिले देशवन्ध्या गुरुवाहरु हराउदै गएको चौधरी स्विकार्नुहुन्छ। चौधरी भन्नुहुन्छ यस्को नेत्तृव गर्नको लागि पहिले तन्त्र मन्त्र सम्वन्धि ज्ञान लिन जरुरी रहेको चौधरी वताउनुहुन्छ। त्यतिवेलाका थारु जातिले गुरुवाका विश्वास गर्दै आएकाले पनि देशवन्ध्या गुरुवा नियमितरुपमा हुदै आएको थियो। तर आजभोलका नया पुस्ताले यो विषयमा त्यति चासो नदिने र विश्वास नगर्ने भएको कारणले पनि देशबन्ध्या गुरुवा हराउदै गएको चौधरीको भनाइरहेको छ। यदपी अहिले पनि देशवन्ध्य गुरुवाहरुकोमा ठुलो शक्ति रहेको वताउनुहुन्छ चौधरी । वर्षातको समयमा लामो समयसम्म पानि नपरेको वेलो देशवन्ध्या गुरुवाहरुले एकठाँउमा जम्मा भएर पुजा पाठ गर्ने हो भने पानी पनि परेको चौधरी दावि गर्नुहुन्छ। देशवन्ध्या गुरुवाहरुमा ठुलो तन्त्र मन्त्र भएकोले पनि देवताहरुलाई समेत नजर वन्द गरिदिने अर्थात देवतालाई उठिवसि गराइदिने समेत गर्दै आएको चौधरीको भनाई छ। अहिले पनि देवता (भुत) लाई ठुन्ने गर्छन चौधरी भन्नुहुन्छ। पूजाआजा गर्नेवेला देवता (भुत) लाई फलामको किलाकाँटी ठोकेर उनिहरुलाई ठुन्ने गरिन्छ चौधरी भन्नुभयो। देवताहरु जव गाँउमा विगविगि मचाउछन त्यतिवेला देवता (भुत) हरुलाई ठुन्ने गरिन्छ चौधरी वताउनुभयो। यसैगरि विभिन्न पूजाको माध्यमवाट गाँउमा शान्ति ल्याउने र गाँउको अन्नवालिमा रोग व्यथा नलागोस भन्नर पूजाको माध्यमवाट रोगव्याधालाई हटाउने प्रयास गरिन्थ्यो। त्यतिवेला नत गाँउमा मान्छे विरामी परेपछि उपाचार गर्ने स्वाथ्य चौकि थियो न त अस्पताल। त्यतिवेलाको डाक्टर भनेको नै देशवन्ध्या गुरुवाहरु थिए। जति मान्छे विरामी हुन्थे त्यतिवेला देशवन्ध्या गुरुवाको खोजि हुन्थ्यो। तन्त्रमन्त्रको माध्यमवाट देशवन्ध्या गुरुवाहरुले विभिन्न पूजा पाठको माध्यमवाट विरामीहरुलाई निको वनाउदै आएको चौधरी वताउनुहन्छ। चौधरीका अनुसार विरामीको नाडि छामेर त्यतिवेलाको देशवन्ध्या गुरुवाहरुले यो रोग लागेको छ भनेर थाहा पाइहाल्थ्ये। जुनरोग लागेको छ त्यहि रोग अनुसार पुजा गरिन्थ्यो। जस्तैै सामन्य जरो आएको छ , टाउको दुखेको छ, पेट देखेको छ भने ‘आसद हेर्ना’, आसद हरेर ठिक पारिन्छ यदि यो गरेर पनि नभए विरामीको घरमा गएर देवता भएको कोठा ‘डिउह्रार कोन्टी’ मा पाटी वसेर विरामीलाई ठिक पारिन्छ। पाटी वस्ने वेला ती देवताले माग गरे अनुसार अन्य पूजा गरि देवतार्ला चढाउने पनि गरिने चलन रहेको चौधरी वताउनुहुन्छ। यसरी पहिलाका पुर्खाहरुले विरामीहरुलाई निको वनाउदै आएको चौधरीको भनाईछ। त्यतिवेला सवैले देशवन्ध्या गुरुवाको विश्वास गर्ने गरेका चौधरी वताउनुहुन्छ। त्यसैगरि थारु जातिका मानिसले सवै कृर्षिमा निर्भर रहेकोले त्यतिवेला पनि धानखेति देखि लिएर तोरी हिउदे वालिमा रोग लागेपछि औसधि पाइदन्थ्यो। त्यसमा लागेको रोगलाई हटाउनको लागि पनि थारु समुदायमा त्यहि देशवन्ध्या गुरुवाहरुको माध्यमवाट पुजापाठ गरि ती रोगलाई हटाइने गरिन्थ्यो। यसरी रोग व्यधालाई हटाउनको लागि र गाँउमा दिगो शान्ति स्थापना गर्नमा देश वन्ध्या गुरुवाहरुको ठुलो भूमिका रहेको चौधरी वताउनुहुन्छ। यतिमात्र नभएर त्यतिवेला देशवन्ध्या गुरुवाहरुले गाँउ गाँउमा धेरै भन्दा धेरै गुरुवा, वैदवा उत्पादन गर्थे। गाँउमा अन्य थरका थारु जातिका पुरुषलाई आफ्नो घरमा पुजापाठ गर्न सजिलोहोस भनेर कुनै चाडपर्वको अवसरमा घरका पुरुषलाई ठुला पुजा गरेर तन्त्रमन्त्रको ज्ञानवाट उनिहरुलाई गुरुवा पनि वनाउदै आएका थिए चौधरी भन्नुभयो। खासगरि दशैको वेला गुरुवा वन्न चाहनेहरुको घरमा ठुला पूजा गरेर रातभरि तन्त्रमन्त्रको ज्ञान सिकाउने विभिन्न पूजाको मन्त्रहरुउनिहरुलाई कण्ठ गराई गुरुवा उत्पादन गरिन्थ्यो चौधरी वताउनुभयो। तर अहिले थारु समुदायको युवा पुस्ताहरुले यो विषयमा चासो नदिदा देशवन्ध्या गुरुवाहरुको अवस्था संकटमा पर्नगएको चौधरी वताउनुहन्छ। यो देशवन्ध्यको जिम्मेवारी पाएका थारु जातिका चार थरका दहित, पछलडङग्या, जिनगुनी र डेमडनडौरा थरहरुले खासगरि यो विषयमा ध्यान दिनुपर्ने जरुरी रहेको चौधरी वताउनुहुन्छ। प्राचिनकाल देखि यी थरहरुले देशवन्ध्या चलाउदै आएकोले पनि सवै थारु जातिका थरहरुले पनि उनिहरुमाथि विश्वास गर्दै आएकाछन चौधरी भन्नुभयो। अहिले उनिहरुले देशवन्ध्या चलाउन छाडेपछि गाँउमा गुरुवाहरु पनि हराउदै गएको चौधरी वताउनुभयो। थारु जातिमा देशवन्ध्या गुरुवा चलाउने भनेको थारु जातिको पहिचानलाई पनि झलकाउने भएकोले पनि यो प्रथालाई पुनस्थापना गर्न सके जातिय पहिचान झलकाउनेमा पनि ठुलो मद्दत गर्ने चौधरी वताउनुभयो। हुने त अहिले वरघर महटवा भलमन्सा महासंघले गुरुवा वेदवा, महटावाहरुको वारेमा पुनस्थापना हुनुपर्छ भन्ने आवाज उठाइरहेको छ। यदि यो मुद्दा सफल भयो भने देशवन्ध्या गुरुवा पनि सफल हुने चौधरी वताउनुभयो। चौधरी भन्नुहुन्छ देशवन्ध्या गुरुवा हराउनुभनेको थारु जातिको पहिचान हराउनु हो त्यसैले पनि यो विषयमा सवैले सोच्नुपर्ने जरुरी छ चौधरी भन्नुभयो। सवै तन्त्रमन्त्र देखि लिएर थारु जातिको सस्कृति पनि देशवन्ध्या गूरुवाहरु संग रहेकोले यो संकटमा परिरहेको देशवन्ध्या गुरुवाहरुलाई जोगाउन थारु जातिको अहिलेको पहिलो भूमिको हो चौधरी भन्नुभयो।
गोरक्ष दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.