रौतहटमा निलगाईको आतङ्क

गौर- रौतहटका केही गाविसमा जङ्गली निलगाईले आतङ्क मच्चाउन थालेको छ। कटहरिया, भसेडवा, फतुवा हर्साह, लक्ष्मिनिया, बडहर्वा, वसन्तपुर, ब्रहमपुरीलगायतका गाविसमा निलगाईका कारण स्थानीय किसानहरू आतङ्कित बनेका छन्। निलगाईले किसानले लगाएको मुसुरो, धनिया, गहुँ नष्ट गर्न थालेका कारण किसानहरू समस्यामा परेका हुन्।
साँझ पर्नासाथ दर्जनौको सङ्ख्यामा आउने निलगाईको बथानले दुई सातादेखि पचास बिघाभन्दा बढी जग्गामा लगाइएको मुसुरो र धनियाँ नष्ट गरिसकेको कटहरिया–१ का स्थानीय बासिन्दा गणेश शाह कलवारले बताए।
यसैगरी गाविस बडहर्वामा निलगाईको डरले साँझ पर्नासाथ बाटो हिडन छाडने गरेको पूर्व गाविस अध्यक्ष लक्ष्मीकान्त ठाकुरले बताए। रासस

 

Leave a Reply

Your email address will not be published.