प्रजातान्त्रिक आन्दोलनको योद्धा झाको निधन

बर्दिवास- नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा महोत्तरी जिल्लाको डाम्हीमडै–६ का ७६ वर्षीय नागेश्वर झाको आज निधन भएको छ। राणाशाहीविरुद्ध आन्दोलनमा नेपाली कांग्रेसमा आबद्ध भएर राजनीतिमा होमिनुभएका झाको आज बिहान आफ्नै निवासमा निधन भएको हो। 
राजनीतिमा सधैँ इमान्दारी, सादगी, निरन्तरता र निष्ठाका प्रतीक मानिनुहुने झा विगत केही दिनदेखि मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासबाट पीडित रहँदै आउनुभएको थियो। राजनीतिमा लागेदेखि निरन्तर प्रजातान्त्रिक आन्दोलनमा सरिक रहनुभएका झा २०१५ सालको प्रथम आम निर्वाचन, २०३६, २०४६ र २०६२/०६३ सालको ऐतिहासिक आन्दोलनमा सक्रियतापूर्वक लाग्नुभएको थियो।

झाको निधनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) लगायतका दलले संमवेदना व्यक्त गरेका छन्। झाको आजै धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न गरिएको छ। त्यसअघि झाको पार्थिव शरीरमा नेकाँ महोत्तरीका युवा नेता बजरङ्ग नेपाली, सचिवद्वय रामदयाल यादव एवम् रामशङ्कर मिश्र र सामुदायिक रेडियो जलेश्वरनाथ एफएम सञ्चालक बोर्डका अध्यक्ष विजयकुमार चौधरीले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो। स्वर्गीय झाका पत्नी, तीन छोरा र चार छोरी छन्। रासस

Leave a Reply

Your email address will not be published.