राष्ट्रिय सरकार बन्ने सम्भावना बढ्यो : थापा

कैलाली- राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको अन्तिम समयसीमाभित्र राष्ट्रिय सरकार बन्ने सम्भावना रहेको बताएका छन्। उनले राष्ट्रपतिले दिएको अन्तिम समयसीमामा एमाओवादी लचिलो बन्दै गएकाले राष्ट्रिय सरकार गठनको सम्भावना बढेको बताए।

राष्ट्रिय जनशक्ति पार्टी कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सहमतीय सरकारको नेतृत्व नेपाली कांग्रेसले लिन पाउनुपर्ने बताउँदै राष्ट्रिय सरकारको नेतृत्वमा अब विवाद गर्न नहुने बताए।
राष्ट्रिय सरकार गठन भएमात्र आगामी वैशाख महिनाभित्र संविधान सभाको निर्वाचन गर्न सकिने र त्यसका लागि सबै दल गम्भीर बन्नुपर्ने उनको भनाइ थियो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जवराले एमाओवादीका कारण राष्ट्रिय सरकार गठनमा ढिलाइ भइरहेको आरोप लगाए। रासस

Leave a Reply

Your email address will not be published.