काठमाडौं- राष्ट्रपति रामवरण यादवसँग संयुक्त मधेसी मोर्चाका संयोजक एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आज बिहान राष्ट्रपति भवन सितल निवासमा वर्तमान राजनीति गतिरोधको निकासबारे भेटवार्ता गरेका छन्। सो अवसरमा राष्ट्रपतिले मधेसी मोर्चाको तर्फबाट राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आफूलाई आग्रह गर्नुभएको भेटपछि संयोजक गच्छदारले राससलाई बताए।
उनले एक घन्टा लामो भेटमा मोर्चाको तर्फबाट आफूले सहमति निर्माणका लागि सहज वातावरण बनाउन सक्दो पहल गर्ने आश्वासन दिएको र निर्वाचनलगायत सबै विषयमा प्याकेजमा सहमति खोजिनुपर्ने धारणा राखेको जानकारी गराए। सरकार गठन र विवादित सबै विषयमा सहमति जुटाउन थप एक साताको समय लाग्ने उनले उल्लेख गरे। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर