सहमतीय सरकारको नेतृत्‍व मधेसी दलले पनि गर्नसक्छ : गच्छदार

जनकपुरधाम- उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले दुई तीन दिनभित्रै विद्यमान राजनीतिक अवरोधको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। रिपोर्टर्स क्लब अफ जनकपुरद्वारा आयोजित कार्यक्रममा उनले सहमतिको सरकार निर्माण गर्न राष्ट्रपतिद्वारा दिइएको चौँथोपटकको समयसीमाभित्रै सहमति जुटाउन सबै दलको अग्रसरतामाथि जोड दिए। 

उपप्रधानमन्त्री गच्छदारले सहमतिको सरकार निर्माणका लागि प्याकेजमा सहमति गर्नु अहिलेको आवश्यकता रहेको ‍औंल्याए। एक प्रश्नमा उनले मधेस दल सम्बद्ध व्यक्तिले पनि सहमतीय सरकारको नेतृत्व गर्न सक्ने सम्भावना व्यक्त गरे। प्रधानमन्त्रीको राजीनामा प्रसङ्ग अर्थहीन भएको पनि उनले बताए। रासस

Leave a Reply

Your email address will not be published.