दुर्घटनामा एसपीसहित चारको मृत्यु, बर्दिवास शोकमा

जनकपुरधाम- धनुषा जिल्लाको नकटाझिंझमा गएराति भएको सवारी दुर्घटनामा चारजना सुरक्षाकर्मीको मृत्यु भएको छ। सशस्त्र प्रहरी बर्दिवासको बा.१झ ५९८७ नं को भ्यान र ना.२ख ५९४० नंको श्रीराम उच्च मावि जनकपुरको शैक्षिक भ्रमणमाको बस एक अपासमा जुद्धा सो दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी उपरीक्षक विष्णुकान्त पाठक, नायव निरीक्षक कुमार दाहाल तथा सिपाहीहरू बब्लु लामा र विक्रम शाही रहेका छन्। पाठक र दाहालको घटनास्थलमै मृत्यु भएको थियो भने सिपाहीहरू लामा र शाहीको उपचारका लागि धरान लैजाने क्रममा लहानमा मृत्यु भएको बताइएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सशस्त्र प्रहरीहरू गुमानसिंह थारु र रामु रानामगरलाई थप उपचारका लागि धरान पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू दुवैको अवस्था चिन्ताजनक छ।
दुर्घटनामा घाइते भएका अन्य १२ जना सामान्य उपचारपछि घर फर्किसकेका जनपुर अञ्चल अस्पतालले जनाएको छ। बसचालक फरार रहेको र बसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। रासस

बर्दिवास शोकमा
सडक दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक बिष्णुकान्त पाठकसहित चारजनाको मृत्यु भएपछि महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा शोक छाएको छ। बर्दिवासस्थित छिन्नमस्ता सशस्त्र प्रहरी गणका प्रमुख सप्रउ पाठक, सशस्त्र प्रहरी नायब निरीक्षक कुमार दाहाल, सशस्त्र प्रहरी जवान बबलु तामाङ्ग र गणका सवारी चालक बिक्रम शाहीको गएराति सडक दुर्घटनामा मृत्यु भएपछि बर्दिवास क्षेत्रमा शोक छाएको हो।
जनकपुरबाट बर्दिवासतर्फ आउँदै गर्दा धनुषाको नक्टाझिजस्थित हजरियाचोकमा गणको बा१झ ५९८७ नम्बरको जीप र जनकपुरतर्फ जाँदै गरेको ना २ ख ५९४० नम्बरको बस एक अर्कोमा ठोक्किँदा भएको दुर्घटनामा चारजनाको मृत्यु भएपछि गण परिवार र बर्दिवास क्षेत्रमा शोक छाएको स्थानीय ब्यापारीले बताएका छन्।
गणका प्रमुखसहित एकैचोटी चारजनाको आकस्मिक दुर्घटनामा भएको मृत्युले गण परिवार, बर्दिवासको ब्यापार क्षेत्र, सामाजिक क्षेत्र र आमजनतामा गहिरो चिन्ता परेको बर्दिवास उद्योग वाणिज्य स‹का अध्यक्ष सुरेश राउतले बताए। मृतकमध्ये सप्रउ पाठक र सप्रनानि दाहालको दुर्घटनास्थलमा र अन्य दुईको धरानमा उपचारको क्रममा मृत्यु भएको गणले जनाएको छ।

गएराति करिब नौबजे भएको सो दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी हबल्दार गुमानसिंह थारु, सशस्त्र प्रहरी जवानद्वय पूर्ण आलेमगर र राजु रानामगरको धरानमा उपचार भइरहेको गणले पुष्टी गरेको छ।
तीब्रगतिमा हाँकिएका दुबै सवारी साधनका चालकले रातिको बाक्लो कुइँरोमा सडक ठम्याउन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनामा परेको अर्को बसमा शैक्षिक भ्रमणबाट फर्केका जनकपुरस्थित श्रीराम उच्च माविका छात्रछात्रा रहेका बुझिएको छ। रासस

Leave a Reply

Your email address will not be published.