बारा- बारा जिल्लाको सिमरा विमानस्थलमा दुई दिनदेखि विमान उडान हुन सकेको छैन। विमान उडान तथा अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी विमानस्थलमा नभएपछि दुई दिनदेखि उडान हुन नसकेको सिमरा विमानस्थलले जनाएको छ। सिमरा विमानस्थलमा उडान वा अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्ने सिमरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताए।
आज पाँच सय र हिजो एक हजार एक सय मिटर मात्र भिजिविलिटी भएको कारण काठमाडौं–सिमरा दैनिक पाँच उडान गर्दै आएको बुद्ध एयरले एक उडान पनि गर्न सकेको छैन। उडान हुन नसकेपछि दुई दिनमा २०० यात्री प्रभावित भएका छन्।
सवारीसाधनमा लैजान नमिल्ने बिरामीलाई हवाइजहाजबाट लैजाने प्रयासमा बसेका सर्लाही बागमतीका चिरञ्जीवी पाठक भन्छन्— आमाको पेटको शल्यक्रियाका लागि काठमाडौँ लैजान हिजोदेखि विमान कुरेर बसेको छु। तर, मौसमले गर्दा विमान आउन नसक्दा गार्हो भएको छ। दुई दिन विमान उडान हुन नसक्दा विमानस्थलले ८० हजार र विमान कम्पनीले करिब रु आठ लाख नोक्सानी बेहोर्नुपरेको प्रमुख गौतमले बताए।
हावा चले वा पानी परे मौसम खुल्न सक्ने अन्यथा दुई चार दिन यस्तै हुन सक्ने विमानस्थलले जानकारी दिएको छ। आजको दिन ओसिलो भएकाले भोलि मौसममा सामान्य सुधार आउनसक्ने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर