कञ्चनपुरमा असुरक्षित गर्भपतन गराउनेहरु बढ्दै

बेलौरी, कञ्चनपुर- कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउने सङ्ख्या घट्दै गएको छ। बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त संस्था नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको हो। मङ्गलबार नेपाल परिवार नियोजन सङ्घ शाखा कञ्चनपुरले पत्रकार सम्मेलनमार्फत पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घटेको तथ्याङ्क सार्वजनिक गरेको छ।
तथ्याङ्कअनुसार गतवर्ष सन् २०११ मा ५५० को सुरक्षित गर्भपतन गराउने लक्ष्य लिए पनि ५०८ जनाको सुरक्षित गर्भपतन गराएको छ भने २०१२ मा ७४९ को लक्ष्य लिए पनि ३७२ जनाको मात्रै सुरक्षित गर्भपतन गराएको छ।
शाखाका प्रबन्धक शिवसिंह बलायरले इलाका र प्राथमिक स्वाथ्यचौकीमा समेत सुरक्षित गर्भपतनको सेवा भएका कारण पनि परिवार नियोजनमा गर्भपतन गराउनेको सङ्ख्या घटेको बताए। परिवार नियोजन सङ्घअन्तर्गत कञ्चनपुरमा २१ वटा सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएका छन्। रासस

Leave a Reply

Your email address will not be published.