पूर्वका बाह्र कम्पनीमाथि कारबाही

इटहरी- राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरीले पूर्वी नेपालको १२ वटा व्यापारिक कम्पनीमाथि कारबाही चलाएको छ। साउन महिनादेखि मङ्सिरको दोस्रो सातासम्ममा ती कम्पनीमाथि कारबाही गरिएको अनुसन्धान अधिकृत ठाकुरा आचार्यले बताए। कानुनविपरीत काम गर्दै आएको सूचनाका आधारमा गन्जन ट्रेडर्स एन्ड सप्लायर्स, इस्टर्न सुगर मिल्स, महावीर ट्रेडर्स एन्ड सप्लायर्स, महावीर क्लोथ हाउस, विष्णु नेहा इन्टरप्राइजेज र ईश्वर सप्लायर्स ट्रेडर्समाथि अनुसन्धान गरी कारबाही गरिएको हो।
यसैगरी शिवम् सप्लायर्स ट्रेडर्स, कैलाश टे्रडिङ कम्पनी, जगदम्वा बस्त्रालय, क्लासिक गोल्ड, कुबेर अटोवर्क्स, लक्ष्मी ट्रेडिङ हाउस र नवदुर्गा ट्रेडर्समाथि कारबाही गरी रु ५७ लाख ७६ हजार ६६३ जरिवानाबाट राजस्व सङ्कलन भएको छ।
सो कार्यालयले विभिन्न क्षेत्रमा चोरीको सवारी साधन पक्राउ गरी ती सवारी साधन लिलामबाट रु ८६ हजार ९२ हजार ३७८ र भन्सार छलेर सामान ल्याएको अवस्थामा नियन्त्रणमा लिई कारबाहीबाट रु २१ लाख १३ हजार राजस्व सङ्कलन भएको जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.