बेलौरी, कञ्चनपुर- कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउने सङ्ख्या घट्दै गएको छ। बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त संस्था नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको हो। मङ्गलबार नेपाल परिवार नियोजन सङ्घ शाखा कञ्चनपुरले पत्रकार सम्मेलनमार्फत पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घटेको तथ्याङ्क सार्वजनिक गरेको छ।
तथ्याङ्कअनुसार गतवर्ष सन् २०११ मा ५५० को सुरक्षित गर्भपतन गराउने लक्ष्य लिए पनि ५०८ जनाको सुरक्षित गर्भपतन गराएको छ भने २०१२ मा ७४९ को लक्ष्य लिए पनि ३७२ जनाको मात्रै सुरक्षित गर्भपतन गराएको छ।
शाखाका प्रबन्धक शिवसिंह बलायरले इलाका र प्राथमिक स्वाथ्यचौकीमा समेत सुरक्षित गर्भपतनको सेवा भएका कारण पनि परिवार नियोजनमा गर्भपतन गराउनेको सङ्ख्या घटेको बताए। परिवार नियोजन सङ्घअन्तर्गत कञ्चनपुरमा २१ वटा सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएका छन्। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर