ओस्लो, एजेन्सी)– युरोपेली महासङ्घ (इयू) लाई आज नोवेल शान्ति पुरस्कार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। करिब ६ दशकपछि पहिलो पटक आर्थिक मन्दीको चरम सङ्कट भोगिरहेको सो संस्थालाई सन् २०१२ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको निर्णय यसअघि नै घोषणा गरिएको थियो।
अरु विधाका नोवेल पुरस्कारहरु पहिल्यै वितरण गरीसकिएको छ। तर नोवेल शान्ति पुरस्कार भने आजका दिन (डिसेम्बर १० तारिखमा) प्रदान गरिने नियमानुसार आज औपचारिक रुपमा हस्तान्तरण मात्र गरिएको हो।
इयूले विश्वमा आर्थिक समृद्धिमार्फत शान्ति कायम गर्नका लागि उल्लेख्य भूमिका निर्वाह गरेकोमा सन् २०१२ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको हो।
नर्वेको राजधानी ओस्लोमा आज आयोजित एक विशेष समारोहमा नोवेल समितिका अध्यक्ष थोबजर्न जागल्याण्डले इयूका अध्यक्ष हर्मन भान रोम्पुइ, युरोपेली आयोगका अध्यक्ष जोस मानुअल बारोसो र युरोपेली संसदका अध्यक्ष मार्टिन स्कुल्जलाई सो पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर