संविधानका अन्तरवस्तुमा सहमति जनाए कोइरालालाई प्रम स्विकार्छौं

पोखरा- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले प्याकेजमा सहमति भएपछि मात्रै सहमतिको सरकार बन्नसक्ने विश्वास व्यक्त गरेका छन्। पोखरा विमानस्थलमा बिहीबार सञ्चारकर्मीसित बोल्दै उनले संविधानका असहमतिका बुँदामा सहमति भएपछि मात्रै नयाँ सरकारको नेतृत्वबारे छलफल अघि बढ्ने विचार व्यक्त गरे।

नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संविधानका अन्तरवस्तुमा सहमति जनाए सभापति सुशील कोइरालाको नेतृत्व स्वीकार्न सत्ता गठबन्धन तयार रहेको उनले बताए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल नबने अन्यत्र कतै बन्न नसक्ने भन्दै उनले पर्यटकीय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निकै खाँचो रहेकाले यसका लागि आफूले सक्दो प्रयास गर्ने अठोट व्यक्त गरे। रासस

Leave a Reply

Your email address will not be published.