आदिवासीद्वारा महोत्सव बहिस्कार

मुकेश टेंर्रा, कैलाली- आदिवासी जनजाति समुदायले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सव बहिष्कार गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ कैलाली, थारु कल्याणकारिणी सभा कैलालीलगायत १८ वटा संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी बहिष्कारको घोषणा गरेका हुन्। विज्ञप्तिमा कैलाली उद्योग वाणिज्य संघले आदिवासीहरुसंग मंसिर १४ गते गरेको सम्झौताको बेवास्ता गरेकाले बहिष्कार गर्न परेको जनाइएको छ। फेरि पनि सुदूरपश्चिमको नामले महोत्सवलाई निरन्तरता दिने किसिमको क्रियाकपाल संघले गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

मंसिर १७ गतेभित्र साझा नामले महोत्सव सञ्चालन गर्ने बारे औपचारिक जानकारी दिन महासंघ र सभा लगायतका संगठनहरुले पठाएको पत्रको पनि संघले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आदिवासी थारुहरुसंग दुई पटक भएको वार्तापछि यसवर्ष सुदूरपश्चिम महोत्सव सञ्चालन गर्ने र आउ“दो वर्ष साझा नामले महोत्सव सञ्चालन गर्ने सहमति भएको थियो।
विज्ञप्ति मार्फत् महोत्सव बहिष्कार गर्ने संगठनहरुले आदिवासी थारु, रानाथारु लगायत सम्पूर्ण आदिवासी जनजाति र उत्पीडित समुदायहरुलाई झा“की तथा स्टल नलिन आग्रह गरेका छन्। विज्ञप्तिमा उनीहरुलाई सुदूरपश्चिम महोत्सवमा सहभागी नहुन अनुरोध गरिएको छ।
महोतसव बहिष्कार गर्नेमा नेपाल आदिवासी जनजाति महासंघ, थारु कल्याणकारिणी सभा, नेपाल राननाथारु समाज, नेपाल मगर संघ, तामाङ घेदुङ संघ, तमु छो जधि, शेर्पा समाज, राजी शाल्म समाज, किरा“त सेवा समाज, नेवा दे दवू, थकाली सेवा समाज, कठरिया समाज सुधार समिति, आदिवासी जनजाति विद्यार्थी महासंघ, थारु विद्यार्थी समाज, थारु महिला सभा, थारु महिला जागरण, थारु यूवा शक्ति र थारु नागरिक समाज कैलाली छन्।

Leave a Reply

Your email address will not be published.