सन्तोष दहित, हेकुली- मलामीदेखि लिएर गाँउको विकास सम्मको अगुवाई गर्दै आएको थारु समुदायको महटवा प्रथा अहिले हराउँदै जान थालेको छ। केही वर्षअगाडि मात्र थारु गाँउमा गाँउको विकासको लागि महटवाले योजना बनाउँदै आएका थिए। यसैगरी गाँउघरमा कसैको घरमा मान्छे मरेको छ भने त्यो लासलाई जलाउने कि गाडने अर्थात् कुन ठाँउमा लाने सबै महटवाले भनेबमोजिम हुने गरेको थियो। गाँउमा घर छुटिने बेला, कसैको विहे गर्ने बेला होस् या झैगडा भएको बेला सबै काम महटवाले मिलाउँदै आएको थिए।
त्यतिबेला महटवाले वोले पछि गाँउको मान्छे केही नबोलेर महटवाले भनेको काम गर्नुपथ्यो। निकै कडा शासन लागू गरिएको हुन्थो थारु गाँउमा त्यतिवेला। त्यो पनि गाँउका सवै अगुवा “गरधुर्या” हरुले मिलेर वनाएको कानुन हुन्थ्यो। वर्षमा एकपटक छानिने महटवा लाई एक वर्षको कार्यकाल हुनेगरेको थियो। थारु समुदायले प्रत्येक वर्षको माघिको अवसर पारेर माघ महिनाको १ गतेका दिन महटवालाई छान्ने काम गर्थे। त्यहि महटवा छान्ने वेला महटवालाई त्यो अधिकार दिइन्थ्यो। हरेक पुजा आजा देखि लिएर गाँउका बाटो घाटो मर्म, सिचाई सम्मको पनि महटवाले हेर्दै आएका थिए। यतिमात्र नभएर गाँउको कुनै मान्छे विरामी भए पछि महटवाले ऋण खोजिदिनुपर्ने, अप्ठयोरो परेको वेला वेगारी “मद्दत” पठाइदिने जस्ता काम महटवाले गर्दे आएका थिए। महटवालाई अर्को भाषामा भन्दा हाल गाविसको सचिव अर्थात त्यतिखेरको प्रधान भन्दा केहि फरक नपर्ला। तर आजभोली त्यो प्रथा भने थारु समुदायमा हराउदै गाएको छ। खासगरि तत्कालीन नेकप माओवादीको शसस्त्र द्वन्द्वकालबाट थारु समुदायमा महटवा प्रथा हराउदै गएको थारु अगुवाहरुको बताउँछन्।
महटवा, वरघर भलभन्सा महासंघका केन्द्रिय अध्यक्ष एवम तुलसीपुर नगरपालिका ६ डुम्रीगाँउका महटवा डिल्लीवहादुर चौधरी भन्नुहुन्छ अहिले थारु समुदायको महटवा प्रथा संकटमा परिरहेको छ यसलाई निरन्तरता दिनुपर्ने वताउनुहुन्छ। महटवा प्रथा हराउने हो भने थारु समुदायको पनि पहिचान हराउने भएकोले पनि महटवा प्रथालाई निरन्तरता दिनुपर्ने चौधरी वताउनुहुन्छ। गाविसको सचिवले गर्दै आएको कामलाई महटवाले गर्दै आएका थिए। पछिल्लो चरणमा नेपालमा जनयुद्धको शुरुवाटभएपछि महटवा प्रथा हराउदै गएता पनि अहिले त्यो प्रथालाई पुनस्थापनामा ल्याउनको लागि गाविस देखि लिएर क्षेत्रिय हुदै जिल्ला स्तरिय सम्मका महटवाहरुलाई सक्रिय वनाउदै आएको चौधरीले जानकारी दिनुभयो।
महटवा प्रथा हराइरहेको वेला अहिले थारु समुदायको हरेक मौसममा गाइने गीतहरु, सख्या नाच, वर्किमार, सज्ना मैना, माँगर, मघौटा, छोक्रा, हुरदुंग्या नाचहरु समेत लोपहुदै गएकोमा चौधरी दुःख व्यक्त गर्नुभयो। यही गीत, नाचहरुलाई जगेर्ना गर्नको लागि पनि महटवा प्रथालाई जोगाउनुपर्ने चौधरीको भनाईरहेको छ। यसैगरि मौसमअनुसार पूजआजा गरिने थारु समुदायको देउठन्वाको भवन जिर्ण अवस्थामा रहेको छन। यतिमात्र नभएर थारु समुदायको मौलिक सस्कृति नै लोप हुने अवस्थामा छन यी सवैलाई जगेर्ना गर्ने भनेको महटवाहरु नै हुन। त्यसैले यस्को संरक्षण र प्रवद्धनको लागि आफुले दाङ, वाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत लगायत जिल्लामा महटवाहरुसंग गोष्ठी, अन्तरक्रिया, छलफल तथा भेटघाट गर्दै आएको चौधरी वताउनुभयो। चौधरी भन्नुभयो महटवा प्रथालाई निरन्तरता दिनको लागि राज्यले विशेष कदम चाल्नुपर्ने वताउनुहुन्छ। उहाभन्नुहुन्छ स्थानियमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नेवेला पनि महटवाको मातहतमा चल्नुपर्ने चौधरी वताउनुहुन्छ। गाविस, नगरपालिका, जिविसमा पनि महटवाको प्रतिनीधित्व गराउनुपर्ने, महटवाहरुको प्रथा कार्यक्रमको लागि राज्यवाट वजेट छुत्याउनुपर्ने चौधरीको तर्क छ।
यसैगरी नारायणपुर ७ जलौराका महटवा चन्द्रप्रसाद चौधरी पनि महटवा प्रथा हराउदा आफूलाई दुःख लाग्ने गरेको वताउनुहुन्छ। उहाँभन्नुहुन्छ पहिले महटवाहरुले न्याधिसको काम गर्दै आएको चौधरी वताउनुहुन्छ। गाँउको कसैको झैझडा भयो भने महटवाहरुले मिलाईदिने गरेका थिए। ठुलो ठुलो मुद्दा पनि महटवाले फैसला गर्ने गरेका चौधरी वताउनुहुन्छ। पहिले पहिले गाँउका साना देखि ठुला झै झैगडाको वारेमा गाँउलेहरु महटवा कहाँ घट्ना लिएर आँउथे चौधरी भन्नुभयो। त्यतिमात्र नभएर गाँउको दुःख परेको वेला समेत गाँउलेहरु महटवा कहाँ आएर आफ्नो समस्या भन्ने गर्थे तर आजभोली भने ती समस्या इलाका प्रहरी कार्यालय या त जिल्ला प्रहरी कार्यालयमा जाने गर्दछन्। यस्ता घटनाको मिलाउने सवै महटवा गाँउमै नै वसेर मिलाईदिने गरेको चौधरी वताउनुहुन्छ। पछिल्लो छरणमा तत्कालीन माओवादी हाल एकिकृत नेकपा माओवादीको जनयुद्ध थालनि भएपछि महटवाले मिलाउदै आएको झैझगडाहरु वन्दहुने गरेको उहाँ वताउनुहुन्छ। यतिमात्र नभएर गाँउका कुला पानी देखि लिएर वाटो घाटो मर्मत सम्भारको पनि महटवाहरुले अगुवाइ गर्दै आएको चौधरी वताउनुहुन्छ।
गाँउमा घरछुट्टिन्ने वेला, अन्नवालि, घर, जग्गा, लगायत महटवाले भागवन्डा लगादिने गरेको उहाँ वताउनुहुन्छ। यसैगरि गाँउको पुजा आजा देखि लिएर थारु समुदायमा नाचिने मौसम अनुसारको गित, वर्किमार, सज्ना, मैना, माँगरको महटवाको घरवाट सुरुवाट गरिन्थ्यो। हरेक विकास सम्वन्धिको काम पनि महटवाले नै गर्दै आएकोले पनि महटवा प्रथाको निकै महत्व रहेको र यस्को पनि निरन्तर अनिवार्य रहेको चौधरी वताउनुहुन्छ। महटवा प्रथामा जहिले पनि लोकतान्त्रिक अभ्यास रहेको वताउदै चौधरीले नेपालका राजनीति गर्ने नेताहरुले पनि थारु समुदायको महटवा प्रथाको अभ्यास सिकिकेर देश सञ्चालन गर्ने हो भने कहिले पनि हाम्रो देश नेपालमा कुनै विषयमा समस्या नपर्ने उहाँ वताउनुभयो। थारु समुदायको महटवा प्रथा सञ्चालन यति राम्रो रहेको प्रंसशा गर्दै महटवाको चयन पनि वर्षको एक चोटी गरिने भएकोले पनि गाँउका सम्पुर्ण साधारण मान्छेले सञ्चालन गर्नपाउथे र सिक्न पाँउथे। थारु समुदायमा कुनै पनि महटवा शासक भएर वसेको थारु समुदायमा पाइदैन।
विल्कुलै गाँउका गरधुर्याहरुले वनाएको नियम, प्रक्रियमा चल्नुपर्ने चौधरी वताउनुहुन्छ। उहा भन्नुहुन्छ महटावाको सहयोगिमा थप दुइजना मान्छेलाई पनि जिम्मेवारी दिइने गरिन्छ। महटवाको दाहिने हातमा गाँउको एकजना “अघवा” हुने गर्थ्यो भने वाँया हातको रुपमा एक जना चौकिदार हुन्थ्ये। यि तिन जनाको मुख्य जिम्मेवारी सवै महटवाले वाँडफाड गर्थे उहाँ भन्नुभयो। “अघवा” को काम महटवाले वैठक, छलफल कार्यक्रम राखेपछि खबर गर्ने काम गर्ने गाँउको कुनै नया योजना आयो भने गाँउमा खवर गर्ने जस्तै नेपाल सरकारको सञ्चारमन्त्रि जस्तै काम गर्नुपर्थ्यो। त्यस्तै गरधुर्याहरुलाई काममा लगाउने जस्ता “अघवा” को काम हुने गरेको चौधरी वताउनुहुन्छ। त्यसैगरि चौकीदारको काम गाँउको रेखदेख गर्ने, अन्नवालि हेर्ने, कसैको घरमा चोरीभयो या भएन सम्पुर्ण गाँउको सुरक्षाको काम चौकीदारले गर्थ्ये जस्त हाल नेपाल प्रहरीले गरेको जस्तै काम चौकीदारले गरेको उहाँवताउनु भयो। तर हाल यो चलन भने महटवा प्रथाको अन्त्य संगै यी सवै प्रक्रिया थारु गाँउमा हराउदै गएको चौधरी दुःख व्यक्त गर्नुहुन्छ। यस्तो महत्व प्रथा वोकेको महटवा प्रथा हराउदै जानुभनेको थारु समुदायको पहिचान नै हराउनु सरह भएको उहाँको भनाइ रहेकोछ। त्यसैले यो विषयमा थारु युवा पुस्ताले विशेष ध्यान दिएर महटवा प्रथालाई जोगाइ राख्नुपर्ने चौधरीको भनाई छ।
महटवा प्रथा भनेको नै थारु समुदायको पहिचान भएकाले पनि महटवा प्रथालाई फेरी पुनस्थापना गर्नुपर्ने थारु पत्रकार संघका केन्द्रिय सचिव कृष्ण सर्वाहारी वताउनुहुन्छ। महटवा प्रथामा थारु समुदायको सवै थोक भएकोले पनि यो प्रथालाई निरन्तरता दिनु पर्ने उहाँ वताउनुहुन्छ। थारु समुदायको भाषा, कला, सस्कृति, रितिरिवाज, सवै महटवासंग रहेकोले पनि महटवा प्रथा जोगाउन जरुरी रहेको चौधरी वताउनुहुन्छ। अहिले यो प्रथालाई जोगाउन नसक्ने हो भने थारु समुदायको नया पुस्ता आफ्नो भाषा, कला, सस्कृतिको वारेमा थाहा नहुन सक्छ। त्यसैले पनि आउने भावि पुूस्तासम्मको लागि पनि संरक्षण गर्न अतिआवश्यक रहेको चौधरी वताउनुहुन्छ। आज यो पुस्ताले संरक्षण गर्न सक्यो भने भोली ती पूस्ताको लागि अध्ययनको विषय वन्न सक्छ उहा भन्नुभयो। पुस्तौ पुस्ता देखि मान्दै आएको महटवा प्रथालाई जोगाउनको लागि अहिले सवैले अभियानको रुपमा अगाडी वढनुपर्ने चौधरीको भनाई रहेको छ।
गोरक्ष राष्ट्रिय दैनिकबाट सभार