थारु जाति देशकै चौथो

काठमाडौं- नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ। केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ अनुसार यसपटकको जनगणनामा १ दशमलव ३५ प्रतिशतले जनसङ्ख्या बढेको हो। २०५८ सालमा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ जना थियो।

०६८ जनगणना अनुसार थारु समुदाय चौथो स्थानमा छ। ०५८ मा १५ लाख ३३ हजार ८ सय ७९ जना रहेकोमा २ लाख ३ हजार ५ सय ९१ जनाले वृद्धि हुँदै १७ लाख ३७ हजार ४ सय ७० जना पुगेको छ। त्यस्तै पहिलो नम्बरमा क्षत्री, दोस्रोमा ब्रह्‍मण र तेस्रोमा मगर समुदाय छन्।

 

Leave a Reply

Your email address will not be published.