राष्ट्रपतिले भूमिका खेल्ने समय आयो- नेपाल

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारलाई बहिर्गमन गर्न अब राष्ट्रपतिले पनि भूमिका खेल्नुपर्ने समय आएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको देउसीभैली टोलीसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले आफै मार्गप्रशस्त नगरे अब विपक्षीको आन्दोलनको राप र तापका साथै राष्ट्रपतिले खेल्ने भूमिकाबाट समेत सत्ताच्युत हुने ठोकुवा गरे। “यो सरकार रहेसम्म कुनै पनि सहमति हुँदैन,” उनले भने, “नयाँ सरकार गठन गर्दा सहमतिमा जो पनि प्रधानमन्त्री हुन सक्नेछ, त्यसमा हाम्रो पार्टी खुल्ला छ।” पूर्वप्रधानमन्त्री नेपालले सहमतिबिना पूर्ण बजेट नल्याउन पनि सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराए। रासस

 

Leave a Reply

Your email address will not be published.