मुक्त कमलरीका लागि स्वरोजगार तालिम सञ्चालन

नेपालगन्ज- बाँके जिल्लाका मुक्त कमहरीको आयआर्जन, साक्षरता र स्वरोजगार विकासका लागि सरकारले उनीहरूलाई विभिन्न सीप तथा व्यवसायमूलक तालिम उपलव्ध गराउँदै आएको छ। गत आवमा त्यस किसिमका तालिम उपलब्ध गराउन सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रु ११ लाख ९१ हजार बजेट विनियोजन गरेको थियो।
सो कार्यालयका अधिकृत मनप्रसाद रेग्मीका अनुसार गत आवमा ३३ जना मुक्त कमहरीलाई उनीहरूले रोजेको विषयमा तालिम प्रदान गरी व्यवसाय सञ्चालनका लागि जनही रु १० हजार र उपकरण खरिदका लागि रु पाँच/पाँच हजार उपलब्ध गराइएको छ।
कार्यक्रमअन्तर्गत आव २०६७/२०६८ मा जिल्लाका ३० जना मुक्त कमहरीलाई विभिन्न विषयका सीपमूलक तालिम प्रदान गरिएकामा अहिले उनीहरू स्वरोजगार व्यवसायमा संलग्न रहेको पाइएको छ।
यसैगरी मुक्तकम्लहरीलाई दिइने तालिम, सेवा, सुविधा तथा उनीहरूले सञ्चालन गरिरहेको व्यवसायमा आउन सक्ने समस्यालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोखरेलको संयोजकत्वमा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ।

अनुगमन समितिमा सरोकारवाला निकाय जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मुक्तकम्लहरी विकास मञ्च, एफएनसी र एफा संस्था रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.