फोरमको महाधिवेशनमा दत्त समूह सहभागी नहुने

काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का नेता नन्दनकुमार दत्तले भोलिदेखि सुरु हुने आफ्नो पार्टीको महाधिवेशनमा आफ्नो समूहको सहभागिता नहुने बताएका छन्। सो पार्टीभित्र दत्तले नेतृत्व गरेका विचार समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता दत्तले अर्को समूहले आफूहरूको सल्लाहबिना महाधिवेशन गर्न लागेको भन्दै यही २१, २२ र २३ गते वीरगञ्जमा हुने महाधिवेशनमा आफ्नो समूह सहभागी नहुने जानकारी गराए।

सो पार्टीका नेता आत्माराम शाहले मधेसी मुद्दाप्रति मधेसी नेताहरू नै गम्भीर नभएको भन्दै अहिले सबै समुदाय अधिकारका लागि एकजुट भइरहेको अवस्थामा मधेसी दलहरू पनि व्यक्तिगत स्वर्थभन्दा माथि उठेर मधेसी मुद्दामा केन्द्रीत हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिलेको आवश्यकता सरकार बनाउने र ढाल्ने होइन, मुलुक परिवर्तन गर्ने हो। मधेसी, दलित र पिछडा वर्गका समस्या समाधान गर्ने समय हो। त्यसैले राजनीतिक पार्टीहरू त्यसतर्फ लाग्नुपर्छ।’ रासस

Leave a Reply

Your email address will not be published.