कमलरी उन्मुलन अभियानमा समर्पित

कृष्णकुमार चौधरी

सन्तोष दहित- विपन्न किसान परिवारमा जन्मेका सोनपुर गाविस १ नर्तीका कृष्णकुमार चौधरी बिरामी श्रीमती शोभा चौधरीलाई विस्तारमा छोडेर सबेरै कमलरी बस्ने होस्टेलमा पुग्छन्। त्यहाँ उद्दार गरी राखिएका कमलरीको सबै चाँजोपाजो मिलाउँछन् र फेरि कमलरी खोज्दै हिँड्छन्। बाल्यकालमा धेरै दुःख पाएका उनले १० सम्म खाली खुट्टा स्कुल गए। घरमा आर्थिक अवस्था कम्जोर भएकाले उनका शरीरले राम्रा लुगा कहिले देखेन। स्कुलबाट आउन साथ भोके पेट गोठालो जान्थे। बचेको समय उनी पढाइमा ध्यान दिन्थे। कक्षा आठदेखि गाँउका जमिन्दारका छोराछोरीलाई ट्युसन पढाएर आफ्नो पढाई खर्च जुटाउन थाले उनले। उच्च मावि बनगाँउबाट प्रवेशिका परीक्षा पास गरी उच्च शिक्षा हासिल गर्न महेन्द्र बहुमुखि क्यामपस भरपुरतपुरमा भर्ना भए। क्यामपस पढ्ने बेला आर्थिक समस्या नहोस् भन्नका लागि उनको परिवार रातदिन सिलाइकटाइ गरी खर्च पठाउँथे। यसरी नै कृष्णले स्नातकसम्म पढे।

२०५० सालबाट शिक्षण पेसामा लागेका उनले २०५१ बाट सामाजिक सेवामा लागे। हालः उनी सुर्योदय निमावि नर्तिका प्राध्यानध्यापक छन्। त्यसैगरी सोसाइटी वेल्फर एक्सन नेपाल (स्वान) संस्थाका अध्यक्षसमेत छन्। कमलरीको हकहितमा काम गर्दै आएको उक्त संस्थाका लागि कृष्ण कुमार विद्यालयको समयबाहेकको समय दिन्छन्।

कमलरीको क्षेत्रका काम गरिरहेको बेला २०६१ साल वैशाख २० गते रातको १२ बजे एकाएक तत्कालीनल (माओवादी) हालः एमाओवादीले उनलाई अपहरण गरी एक सातासम्म शारीरिक तथा मानसिक यातना दियो। त्यो समय संस्थाको सम्पूर्ण कामकाजसमेत पूर्णरुपमा बन्द भयो। मरणासन्न हुनेगरी यातान पाएका चौधरीलाई कसैले बाचेर आउला भन्ने सोचेको थिएन। घरको आर्थिक कमजोर भएकाले उनको उपचारको लागि चन्दा उठाएर बचाएको कृष्ण कुमारले बताए। यसरी ६ महिनासम्म ठप्प रहेको संस्था पुनः सञ्चालनमा ल्याउन उनले धेरै कुराको सामना गर्नुपर्‍यो। स्वान देउखुरी क्षेत्रका १० गाविसमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले मालिकको घरमा बस्दै आएको कमलरीलाई उद्दार गरी उनीहरुको इच्छाअनुसार शिक्षा, सीपमुलक तालिम दिँदै आएको छ। त्यस्तै गरिब परिवारलाई विभिन्न व्यवासायिक तालिमसमेत दिँदै आएको उनले बताए।

यसरी लामो समयसम्म सामाजिक क्षेत्रमा कार्यरत उनी भन्छन्– म बाल्यकालमा जस्तो दुःख कष्ट पाए त्यो अरुलाई नआबओस् भन्नका लागि यस क्षेत्रमा काम गरेको हुँ।

रातदिन कमलरी, बालकमैया खोज्दै गाँउदेखि सहरसम्म पुग्छन् उनी। उनले सबैलाई अनुरोध गर्छन्- कसैले पनि कलिला नानीलाई दासी नबनाउनुस्। उनीहरुको भविष्‍यमाथि नखेल्नुस्। कसैले कमलरी राखेको भए मलाई खबर गर्नुस्।

चौधरी कमलरी उन्मुलनमा राम्रो काम गरेको भन्दै बेलायतको ‘मस्ट सक्सेसफुल एडभोकेसी क्याम्पेनिङ’ ग्लोवल अवार्ड २०१० ले सम्मान पाइसकेका छन्। स्थानीय करिब एक दर्जन संस्थाबाट समेत उनी सम्मानित भएका छन्। यसरी सम्मानित भइरहँदा उनले भने यस प्रकारका सम्मानले आफूलाई समाजिक सेवा गर्ने साहस थपेको बताए।
कमलरी उन्मुलन संस्थाका अध्यक्षसमेत रहेका उनले राज्य गम्भिर नभएकाले बालश्रम तथा बालबालिकालाई दासीको रुपमा प्रयोग नरोकिएको बताए। कमलरी प्रथा अन्त्यको लागि राज्यले विशेष नीति ल्याउनुपर्नेसमेत उनको धारणँ छ। राज्यलाई दबाब दिन कमलरी उन्मुलन क्षेत्रमा काम गर्ने सरोकारवालाले दबाबा आवशयक रहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published.