थारु समुदायको भुइह्‍यार संकटमा

सन्तोष दहित, दाङ- घोराही नगरपालिका ११ थारु गल्लीमा बस्ने थारु समुदायको परम्परागतदेखि पूजा अर्चना गर्दै आएको थारुहरुको भुइह्यारको भवन नहुँदा संकटमा पर्दै गएको छ। परम्परादेखि सहिद उमेरश मार्गमा रहेको कित्ता नं. ६२ को जग्गामा थारु गल्ली हाल (भगवती टोल) का थारु समुदायले भुइह्यारका पूजाअर्चना गर्दै आएका छन्। उक्त जग्गमा भुइह्यारको आफ्नो भवन नहुँदा त्यहा रहेको देवतालाई केटाकेटीले फालिदिने गरेको भुइह्यारका अगुवा एवं भगवती टोल विकास सस्थाका अध्यक्ष चन्द्रश्वर चौधरीको भनाई छ। उनले आफ्नै भवन भए पछि देवताहरु भवनभित्र राखिन्छ र हाम्रो देवता सुरक्षित रहने बताए। भवन नभएको कारणले प्रत्येक वर्ष देवता बनाउँदा ठूलो खर्च हुने गरेको चौधरीले बताए। भवन निर्माणको निर्माणको लागि परम्रागतदेखि भुइह्यारको प्रागंनमा रहके सिमल रुख कटानी गरि ६५ हजारमा बिक्री गरिएको र टोल विकास संस्थाबाट ६५/७० हाजर गरी करिब एकलाग तीस हजारसम्म रकम जुटाइसके पनि भवनको लागि अन्दाजी ४/५ लाख लाग्ने भएकाले पनि भुइह्यारको भवन बनाउन नसकिएको अध्यक्ष चौधरीले स्पष्ट पारे।

भवन निर्माणको लागि सहयोगी दाता नहुँदासम्म भुइह्यारको भवन निर्माण गर्न नसकिने अध्यक्ष चौधरीको भनाइ छ। चौधरीले भने- भुइह्यार भवन निर्माणको लागि सहयोगी दाता खोज्दै हिँडेको तर कोही पाइएन। उनले आफ्नो सस्कृति संरक्षण गर्नको लागि मन हुँदा हुँदै पनि तन नभएको कारणले पनि आफ्नो संस्कृति गुम्न लागेको दुखेसो पोखे। उनले भुइह्यार भवनको लागि कसैबाट सहयोग भए पुनः आफ्ने संस्कृतिको जगेर्नाका लागि तमसिने बताए।

भुइह्यारमा एकचोटि मात्र पूजाआजा नगर्ने हो भने गाँघरमा बिरामी पर्ने गाउँको सुरक्षा नहुने, अन्नवाली नसप्रिने हुने गरेको परम्पराको भनाईलाई उदृत गर्दै थारु वुद्धिजीवि सोगतविर चौधरीले भने- थारु समुदायको पहिचान र असतित्व कायम राख्नको लागि पनि भुइह्यारको जगेर्नागर्नु जरुरी छ। ‘नेपालको हरेक समुदायको संस्कृतको जर्गेर्ना गर्न राज्यको दायित्व हुन्छ,’ उनले भने, ‘थारु समुदायको मात्र नभएर अन्य समुदायको संस्कृति संरक्षण गर्नका लागि पनि राज्यले नै भूमिका खेल्नुपर्ने हो, विडम्वना थारु समुदायको संस्कृतिलाई वेवास्ता गरेको छ। स्थानीय निकायको भाषा, कला, सस्कृतिको प्रवर्द्धन गर्न जिल्ला विकास समिति, नगरपालिकाको भए पनि थारु समुदायको सस्कृति प्रबर्द्धनमा ती निकाय मौन बसेको चौधरीको भनाइ छ।

थारु भलभन्सा बड्घर महासंघका केन्द्रीय अध्यक्ष डिल्ली बहादुर चौधरीले थारु समुदायले प्राचिनकालदेखि मनाउँदै आएको संस्कृतिको जगेर्ना गरिनुका साथै थारु भुइह्यार,देवथान, मर्वाको भवन निर्माणको लागि नेपाल सरकार सस्कृत मन्त्रालयले गर्नुपर्ने बताए। उनले भने- थारु समुदायका भाषा, कला, संस्कृति भनेको नै नेपालको पहिचान हो। थारु समुदायको आफ्नै पहिचान फरक लवाइ खवाइरहेकाले यसको महत्व फरक छ। त्यसैले पनि थारुहरुको भुइह्यार, देवथान, मर्वा बनाउ कम्तीमा पनि एक वडाको लागि पाँच बराबरको नेपाल सकरकारले बजेट छुट्याउनुपर्ने चौधरीको भनाई छ।

थारु समुदायको परम्परागतदेखि पूजाअर्चना गर्दै आएको भुइह्यार भवन निर्माणका लागि र उनीहरुको संकटमा पर्दै गएको संस्कृति जगेर्नाका लागि पनि राज्यले एकपटक ध्यान दिने हो कि?

Leave a Reply

Your email address will not be published.