राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार प्रमलाई छैन : पौडेल

स्याङ्जा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सङ्कटका बेलामा अभिभावकीय भूमिकामा रहेका राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नभएको बताएका छन्। नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्री पौडेलले प्रधानमन्त्रीले राष्ट्रपतिलाई के गर्न पाउने र के नपाउने भन्ने खटनपटन गर्ने कुनै हैसियत नभएको उनको तर्क थियो।

उनले भने, ‘राष्ट्रपतिलाई गाली गर्नु उहाँको हैसियतभन्दा धेरै बाहिरको कुरा हो।’ उपसभापति पौडेलले वर्तमान गठबन्धन सरकारकै कारण देशमा भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाए।
पौडेलले वर्तमान गठबन्धन सरकारको विरोधमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले कात्तिक २४ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गर्न लागेको बताए। रासस

Leave a Reply

Your email address will not be published.