३० लाख पर्ने आइफोन

एजेन्सी- आइफोन मन नपर्ने कमै होलन्। विश्‍व बजारलाई आइफोन ५ ले तताइरहेकै बेला अर्को नयाँ समाचार थपिएको छ। सुन्दा तपाइँलाई आश्‍चर्य लाग्न सक्छ। लण्डनका चर्चित डिजाइनर स्टुअर्ट ह्यूजेसले आइफोनलाई नयाँ डिजाइनमा प्रस्तुत गर्दै सुन र हीरा समावेश गरेका छन्।
रंगिबिर‌गी रहेको यो आइफोन ५ को रियल भर्सन हो, जुन १८ क्रेट सुनले बनेको छ। हीरासमेत मिसिएको यस आइफोन ५ को नेपाली मूल्य करिब ३० लाख पर्छ।
यो आइफोनमा १२८ ग्राम सुनले बनेको हो। यसअघि पनि स्टुअर्टले सुन र हीराको समिश्रण गरेर आइफोन ४ डिजाइन गरेका थिए। उनले यो एक सय वटामात्र तयार पारेका छन्।

Leave a Reply

Your email address will not be published.