मुक्त कमलरी विकास मञ्चको हार्दिक अपील

आदरणीय महानुभावहरु

हालको २१औं शताब्दीको युगमा पनि दास प्रथाको जीवन्त अवशेषको रुपमा रहेको कमलरी कुप्रथालाई नेपाल सरकारले २०७० असार १३ गतेका दिन सम्पूर्ण कमलरीहरुको मुक्तिको घोषणासँगै यस कुप्रथाको अन्त्य गरिसकेको सबैलाई अवगत नै छ। वर्षौंदेखि चल्दै आएको कमलरी दास प्रथाको विधिवतरुपमा अन्त्य घोषणा भइसकेको छ। तथापि, नेपाल सरकारले कमलरी मुक्तिको घोषणा गरिसकेको अवस्थामा पनि विभिन्न प्रलोभन र बहानामा लुकाई छिपाई कमलरी राख्‍ने र पठाउने गरेको हालै एफकेडिएफले गरेको सबै प्रतिबेदनबाट देखिन आएको छ। उक्त तथ्यांकअनुसार ३ सय ७६ जना थारु चेलीहरुहरुको अझै पनि विभिन्न ठाउँहरुमा बधुँवा मजदुरका रुपमा दासताको कष्टकर जीवन बिताइरहका तथ्यांकबाट जानकारी हुन आएको छ, यो देश र समाजका लागि पक्कै सोभनीय कुरो होइन।

त्यसैले, हालै गृहमन्त्रालयले कमलरी मुक्तिको घोषणापछि पनि लुकाई छिपाई विभिन्न प्रलोभन र बहानामा कमलरी राख्‍ने मालिकमाथि कानुनी कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यलायलाई लिखित पत्राचार गरिसकेको छ। तसर्थः कमलरी मुक्तिको घोषणापश्चात पनि कमलरी राख्‍ने मालिक र अभिभावकलाई यथाशिघ्र कमलरीलाई घर फर्काई सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइ सहयोग गरिदिनहुन अनुरोध गर्दैछौं।

साथै, कमलरी कुप्रथा अन्त्यका लागि योगदान पुगाइरहनु भएका सरकारी एवं गैरसरकारी संघ संस्था, नागरिक समाज, बुद्धिजीबी, समाजसेवी सञ्चारकर्मी,मानव अधिकारकर्मी सबैमामा मुक्तिको घोषणापछि पनि लुकाई छिपाई विभिन्न प्रलोभन र बहानामा कमलरी राख्‍ने मालिक र पठाउने अभिभावकलाई कानुन विपररित कार्य नगर्न समयमै सचेत गराई जिल्ला प्रशासन कार्यालयको कमलरी उद्धार र पुनःस्थापनाको कार्यमा सयोग गरिदिन हुन सबैमा हार्दिक अपिल गर्दछौं।

जानकारिका लागि : कमलरी उद्धार र पुनःस्थापनाका लागि फोन गर्दा पैसा नलाग्ने टोल फ्रि नम्बरः १६६०८२५६००१ मा फोन गरी कमलरी उद्धार कार्यमा सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गर्दछौं। साथै, कमलरी कुप्रथाविरुद्धको अभियानमा प्रतक्ष र अप्रतक्षरुपमा योगदान पुर्‍याउनु हुने सबैलाई धेरै धेरै धन्यबाद दिँदै, थारु समुदायको माहन् पर्व माघीको शुभ अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

धन्यवाद।

मुक्त कमलरी विकाश मञ्च
केन्द्रीय कार्यालय दांग

Leave a Reply

Your email address will not be published.