सुनसरीका थारु उम्मेदवार के भन्छन्?

sunsari tharu leaderसुनसरी- पार्टीको अवधारणबारे आममतदातालाई जानकारी गराउँदै दलित, जनजाति, आदिवासी र पिछडिएको समुदायलाई उक्साउन सधैं लाग्नेछु।  क्षेत्र नं. २ को प्रमुख बजार इटहरी बजार क्षेत्रमात्र नभएर पिछडिएका भित्री क्षेत्रको विकास गर्ने, सुकुम्बासीलाई लालपूर्जा दिलाउने, रंगशाला निर्माण गर्ने प्रतिबद्धता लिएको छु। इटहरी र झुम्का बजारमा प्रमुख समस्या, पकली, हाँसपोसा, एकम्बा, खनार र भादगाउँ सिनुवारीमा समग्र विकासमा सधैं सशक्त ढंगले लाग्नेछु। र, म महिलामाथि हुने हिंसाविरुद्ध कडा रूपमा प्रस्तुत हुने भनी अघि बढेको छु।
– रामकुमारी चौधरी, सुनसरी– २, एकीकृत माओवादी
अहिले म घरदैलो अभियानमा छु। मेरो घरदैलो अभियानबाट जुन उत्साह, उमंग र कांग्रेसका पक्षमा जनलहर छ यसका आधारमा मेरो विजय निश्चित भएको दाबी गर्छु। मैले मतदातासमक्ष कांग्रेसले मात्र नयाँ संविधान दिनसक्ने र देश विकासमा अग्रणी भूमिका कांग्रेसले मात्र निर्वाह गर्नसक्ने भनी मतदातासमक्ष मत मागिरहेको छु। यहाँको विकास–निर्माणमा अहोरात्र रूपमा लागेर पहल गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको छु। यो क्षेत्रमा म पहिलो स्थानमा छु।
– बद्रीनारायण चौधरी, सुनसरी– २, नेपाली कांग्रेस
सर्वप्रथम संविधानमा सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरिनेछ। साथै, संविधानमा महिला, विधवा र जेष्ठ नागरिकलाई प्रमुख प्राथमिकतामा राखेर संविधान निर्माण गर्नेछु। अर्कातर्फ पार्टीले युवा स्वरोजगारका लागि राष्ट्रिय नीतिमै समेट्नुपर्ने एजेन्डा लिएको छ। रोजगार दिन सकिँदैन भने बेरोजगार भत्ता उपलब्ध गराउन पहल गर्नेछु।
– भगवती चौधरी, सुनसरी– ३, नेकपा एमाले

Leave a Reply

Your email address will not be published.