थाविसको रुपन्देहीमा बद्धिरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

tharu student new

कमला चौधरी, बुटवल- थारु विद्यार्थी समाज रुपन्देहीको दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले बुद्धिराम चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सपना चौधरी, सचिवमा सम्झना चौधरी, सहसचिवमा सनिदयाल चौधरी र कोषाध्यक्ष कृष्णकुमारी चौधरी छन्। त्यसैगरी सदस्यहरुमा जीतराम चौधरी, निलम चौधरी, नन्दनी चौधरी, रञ्जनी चौधरी, रामप्रसाद थारु, रुपा चौधरी, पूजा चौधरी र नर्वदा चौधरी छन्।

सल्लाहकारमा भने थारु विद्यार्थी समाज रुपन्देहीका पूर्व कोषाध्यक्ष जनक चौधरी, थाकसका सल्लाकार सत्यनारायण चौधरी, उद्योगी रमाकान्त चौधरी, शिक्षिका चन्देश्वरी चौधरी र सपना चौधरी छन्।

siva

थारु विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा थाकसका जिल्ला सभापति रामवलि चौधरी,थाकसका जिल्ला सदस्य खुशीराम चौधरी, थाकसका सल्लाहाकार कमलनारायण चौधरी, थाविसका पूर्व जिल्ला अध्यक्ष लक्ष्मी चौधरी, पत्रकार कमला चौधरीलगायतले निर्वाचित सबै सदस्यलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

Leave a Reply

Your email address will not be published.