थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई थारु अगुवाले सम्झाना गरेका छन्। थारु कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा थरुहट आन्दोलनमा ज्यान गुमाउने ५ सहिदहरुप्रति श्रदाञ्जली अर्पण गरियो। २०६५ फागुनमा भएको थरुहट आन्दोलनमा कमल चौधरी, विपिन खड्का, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेत थारुले ज्यान गुमाएका थिए। कार्यक्रममा सहभागी थारु नेताहरुले थारु हक अधिकारका लागि बलिदानी दिने सहिदहरुलाई कहिल्यै बिर्सिन नसक्ने बताएका थिए। कार्यक्रमका तस्बिर हेर्नुस्:
कार्यक्रममा सहभागी थारु अगुवाहरु।
थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी वीर सहिदहरुलाई श्रदाञ्जली अर्पण गर्दै।
सभासद्द्वय गंगा थारु र नागेन्द्र कुमाल वीर सहिदहरुलाई श्रदाञ्जली अर्पण गर्दै।
आदिवासी जनजातप महासंघका महासचिव तथा सभासद् पेम्बा भोटे शेर्पा वीर सहिदलाई श्रदाञ्जली दिँदै।
कार्यक्रममा थरुहट आन्दोलनका नेतृत्वकर्ता लक्ष्मण थारु पनि उपस्थित थिए।
आदिवासी जनजाति नेता ज्योती दनुवार।
कार्यक्रममा उपस्थित थारु अधिकारकर्मीहरु।
कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री राजकुमार लेखी।
कार्यक्रममा बोल्दै सभासद् गंगा थारु।
कार्यक्रममा बोल्दै सभासद् रुक्मिनी चौधरी।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद् नागेन्द्र कुमाल।
सहिदलाई श्रदाञ्जली अर्पण गर्दै सहभागीहरु।
समाजसेवी रामलाल चौधरी।
अभिनेत्री सोनु थारु र समाजसेवी नन्दुराज चौधरी।
पत्रकार लक्की चौधरी।
तस्बिर : मदन चौधरी