जनजाति महासंघको राष्ट्रिय भेलामा सभासद्‍माथि हात हालाहाल

Nefin Meeting at Butwan-1

कमला चौधरी/बुटवल– आदिवासी जनाजति महासंघको राष्ट्रिय भेला बुधबारदेखि बुटवलमा सुरु भएको छ। आज भएको उद्घाटन कार्यक्रममा नेपाल आदवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालल भेलाले आदिवासी जनजाति एकीकृत हुने दाबी गेरका छन्।

पहिचानसहितको संघीयता हुनैपर्ने माग उनले गरेका छन्। उनले अब बन्ने संविधानमा जनजातिको अधिकार समेटिएन भने सडक आन्दोलन थाल्ने चेतावनी दिए। जनजाति महासंघको पहिचानमुखी आन्दोलन भएकाले पद्मरत्‍न तुलाधरको मोर्चा मान्य नहुने उनको धारणा थियो।

Nefin Meeting at Butwan-3

नेपाल आदवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले ठूला नेताहरुको झुटो आश्वासनको पछि नलाग्न आग्रह गरे। ‘सुशील, केपी, प्रचण्ड र गच्छदारको झुटो आश्वासनको पछि नदौडिन आदिवासी जनजाति समुदायलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।
लेखीले आदिवासी जनजाति आन्दोलनभित्र पनि पाँच, दश जना नेतामा सामन्ती र ब्राहमणवादी प्रवृत्ति रहेकाले त्यसविरुद्ध लड्न सबैलाई आह्वान गरे। आदिवासी आन्दोलन कुनै नेताको पिछलग्गु बन्न नहुने लेखीको भनाइ थियो।

‘तराईका आदिवासीलाई मधेसी बनाउन षड्यन्त्र गर्ने प्रचण्ड र मधेसी महाधीश नेताहरु नै हुन्। थरुहट-तराईलाई अन्तरिम संविधानबाट मधेस बनाउने यिनै ४ नेताको पिछलग्गु बन्न मिल्छ? लेखीले प्रश्न गरे।

सुशील र केपीले दुई तिहाइको घमण्ड, अहंकार नगर्न लेखीले सुझाव दिए। केही वर्ष अगाडिसम्म सिंगो देशलाई ज्ञानेन्द्रले आफ्नो ठान्थे तर आज ज्ञानेन्द्र कहाँ छ? कुन हैसियतमा छ? प्रश्न गर्दै लेखीले दुई तिहाइको दम्भ नदेखाउन आग्रह गरे।

Nefin Meeting at Butwan-2

महासचिव पेम्वामाथि आक्रमण
भेलामा बोल्ने क्रममा कार्यक्रम सञ्चालक सभासद् तथा महासंघका महासचिव पेम्वा भोटेमाथि आक्रमण भएको छ। महासचिव पेम्वा भोटेले उद्घोषणको क्रममा वक्ताको विचारलाई खण्डन गर्न थालेपछि जिल्लाका प्रतिनिधिहरुबाट आक्रमण प्रयास भएको हो।

प्रतिनिधिले बोलेको कुरालाई स्पष्टीकरण गरेको भन्दै त्यसो किन भन्दै स्टेजमा गएर हात हाल्नेसम्मको काम गरेका थिए। एकछिनको हो-हल्ला सुरक्षमा रहेका प्रहरीले हल्ला नियन्त्रणमा लिएको थियो।

भेलामा आङकाजी शेर्पा, ओम गुरुङ, पृथ्बी सुब्बा, महिला तर्फबाट शर्मिला तामाङ, थारु कल्याणकारणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरी, महसंघका हिमालबाट प्रनिधित्व गर्ने टासु ह्लमु,पहाडका प्रतिनिधिले आ-आफ्नो मन्तव्य राखेका थिए।

भेलामा आदिवासी जनजातिहरुको पहुँच पुग्ने संघीयता र शासकीयस्वरुपबारे पनि छलफल हुने बताइएको छ।।

दुई दिने राष्ट्रिय भेलामा ७५ वटै जिल्लाका जिल्ला सभापति र एक जना महिला प्रतिनिधि गरी १ सय ३० जना सहभागी छन्। अब बन्ने संविधान आदिवासी जनजातिका हक, अधिकार सुनिश्चित गराउने अभिप्रायले राष्टय भेला बोलाइएको छ। भेला विभिन्न निर्णय गर्दै भोलि सकिँदैछ।

Leave a Reply

Your email address will not be published.