वीरगन्ज- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकमा देखिएको संवैधानिक तथा राजनीतिक समस्या समाधानको एकमात्र विकल्प संविधान सभाको नयाँ चुनावमात्रै भएको बताएका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्साद्वारा आयोजित जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “चुनावका लागि दलहरुबीच राजनीतिक सहमति अपरिहार्य हुन्छ।”
संविधान सभाको चुनावबाट मात्र विद्यमान राजनीतिक गतिरोध समाप्त हुने बताउँदै उनले मुलुकमा जननिर्वाचित प्रतिनिधिमूलक संस्था नभएपछि लोकतन्त्रलाई सही बाटोमा ल्याउन दलहरुबीचको सहमतिमै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न लागिएको स्पष्ट पारे।
उनले चुनावी सरकार गठनका लागि चार विवादित विषयमा दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिँदै भने, “सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन, लडाकुको दर्जा निर्धारण, नागरिकता र मतदाता नामावलीमा सहमति भएपछि चुनावी सरकार बन्छ र मुलुक निर्वाचनमा जान्छ।”
दलहरु सहमतिको अन्तिम प्रयासमा लागेको र केही दिनभित्रै सहमति हुने उनले बताए। उनले भने, “जन्मका आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने आफ्नो पार्टीको अडान हो र यसलाई पूरा गराएरै छाड्ने छौं।”
रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर