सूचना तथा सञ्चारमन्त्री यादवको सम्पत्ति कति?

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण प्रस्तुत गरेका छन्। सो विवरणअनुसार सिराहा चन्द्र अयोध्यापुरमा आमा नेपुरदेवी यादवको नाममा तीन बिघा जग्गामा रहेको दुई तले पक्की घर एक र अन्य चारवटा घर छन्। दाजु वेचन यादवको नाममा लहान नगरपालिकामा तीन तले घर तथा काठमाडौं कलङ्कीमा ६ आना र लहान नगरपालिकामा १० धुर जग्गा रहेको छ।
त्यस्तै, सिराहा चन्द्र अयोध्यापुरमा बाबु गङ्गाराम यादव र आमा नेपुरदेवी यादवको नाममा २५ बिघा जग्गा रहेको छ।
साथै उनीसँग पैतृकरुपमा प्राप्त ७५ तोला सुन र एक केजी चाँदी रहेको छ। उनीसँग आफ्नै नाममा एभरेस्ट बैंकमा रु तीन लाख तथा श्रीमती सरिता यादवको नाममा ग्लोबल आइएमईमा रु सात लाख र राष्ट्रिय वाणिज्य बैंकमा रु पाँच लाख नगद जम्मा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। रासस

Leave a Reply

Your email address will not be published.