चार दलले गरेको सहमति आदिवासी जनजाति महासङ्घले नमान्ने : लेखी

चितवन- नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले चारदलले गरेको सहमति आफूहरुलाई मान्य नहुने बताएका छन्। राष्ट्रपति रामवरण यादवले चारदलले गरेको सहमतिलाई सर्वदलीय सहमति भन्ने गरेकोप्रति आपत्ति जनाउँदै लेखीले चार दलबीच भएको सहमति कुनै पनि हालतमा सर्वदलीय हुन नसक्ने दाबी गरे।

आदिवासी जनजाति पत्रकार सङ्घ चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रमुख तीनदल र मधेसी मोर्चा नयाँ निर्वाचनको पक्षमा नभएको आरोप लगाए।
मुलुकलाई अगाडि बढाउनुको साटो दलहरु कुर्सीको खेलमा अल्मलिएका उनको भनाइ थियो। राष्ट्रपतिले चालेको कदमप्रति असहमति जनाउँदै उहाँले यसले निकास दिन नसक्ने ठोकुवा गरे।
भर्खंरै सार्वजनिक भएको जनगणनाको तथ्याङ्कलाई मिथ्याङ्कको सङ्ज्ञा दिँदै लेखीले जनगणनाको तथ्याङ्क अपारदर्शी र अवैज्ञानिक भएको दाबी गरे। रासस

Leave a Reply

Your email address will not be published.