भारतीय प्रहरीद्वारा सीमामा शुल्क असुली

कैलाली- भारतका विभिन्न सहरमा काम गरी घर फर्कने नेपाली सीमा क्षेत्रमा मोटो शुल्क तिर्न बाध्य हुँदै आएका छन्। भारतीय सीमा सुरक्षा बलका प्रहरीहरुले रकम असुल्ने बहानामा दुःख दिन थालेपछि उनीहरु शुल्क तिर्न बाध्य भएका हुन्।

दसैँ तिहार मनाउन गौरीफन्टा सीमा हुँदै नेपाल आउने व्यक्तिबाट जनही रु ३०० रु ५०० सम्म असुल्ने गरेको उनीहरुको गुनासो छ। भारतका विभिन्न सहरमा रोजगारी गरी घर फर्कने नेपालीबाट अनावश्यक शुल्क असुल्न थालेपछि समस्या परेको बम्बईबाट फर्केका डोटीका लोगी शाहले बताए।

घरका लागि लुगाफाटा र घरायसी प्रयोजनका लागि भाँडाकँुडा ल्याएको थिएँ, भारतीय एसएसबीले बढी सामान ल्याएको भन्दै रु ३०० लियो, श्री शाहले भने।

यसैबीच कैलालीका प्रहरी नायब उपरीक्षक रणबहादुर रायमाझीले सीमा क्षेत्रमा गरिएको ज्यादति बारे पीडितहरुले नेपाली प्रशासनलाई जानकारी नदिएकाले आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। ज्यादति भारतीय भूमिमा हुने भएकाले नेपाली प्रशासनले केही पनि गर्न नसक्ने उनले बताइ। यद्यपि सीमा क्षेत्रमा आइपर्ने विभिन्न प्रकृतिका समस्या वा विवाद सुल्झाउन नेपाल र भारतीय प्रशासन तथा सुरक्षाकर्मीबीच द्विपक्षीय छलफल हुने गरेको छ।

शाहमात्रै होइन उहाँजस्तै भारतबाट गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्कने सयौँ नेपाली भारतीय सीमा प्रहरीलाई शुल्क तिर्न बाध्य छन्। रासस

Leave a Reply

Your email address will not be published.