‘थारु भाषामा प्रकाशित संविधानले मातृभाषाको ब्यापकता बढायो’

पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशित नेपालको संविधानका विषयमा आज नेपालगञ्जमा विमर्श गरिएको छ। देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचीन सिर्जनशिल आदिबासी समाज बर्दियाले प्रकाशन गरेको हो भने पत्रकार एकराज चौधरीले अनुवाद गरेका हुन्।

थारु पत्रकार संघ बाँकेको संयोजनमा आज आयोजित संविधान वितरण कार्यक्रममा थारु भाषामा संबिधान प्रकाशन हुनुले मातृ भाषाको व्यापकता बढाएको चर्चा गरियो। अनुवादक चौधरीले थारु भाषामा अनुवाद गरेर संविधानका विषयको जानकारीसँगै थारुलगायत भाषाको संरक्षण, सम्वर्द्धनमा लाग्न प्रेरणा मिलोस भन्ने ध्येय रहेको धराण व्यक्त गरे।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले मातृभाषा संरक्षण र पवर्द्धन अभियानको व्यापकतासँगै यसको उत्थान र विकास हुने विश्वास व्यक्त गरिन्। नेपाललाई चार जात ३६ वर्णको फूलबारी भनिए पनि राज्यले कसैको भाषालाई सम्मान गर्न नसकेको बताउँदै उनले मुलुक नयाँ संरचनामा गइसकेकाले अब स्थानीय सरकारले नै भाषाभाषीलाई सम्मान गर्ने उल्लेख गरिन्।

संघका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई, आदिवासी जनजाति महासंघ बाँके उपाध्यक्ष मंगल चौधरी, क्षेत्रीय सञ्चार स्रोत केन्द्रका संयोजक मो आरिफ अन्सारीलगायतले सुझावसहितको शुभकामना मन्तव्य दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published.