थारु चलचित्र ‘जितिया’ निर्माण हुँदै

थारु चलचित्र तथा साँस्कृतिक संघले थारु सांस्कृतिक चलचित्र ‘जितिया’ निर्माण गर्दैछ। सुनसरीको मैनी गाउँमा यो फिल्मको सुटिङ सुरु भएको संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार रामलाल चौधरीले जानकारी दिए।

रेणु चौधरीको लेखन रहेको फिल्म परशुराम चौधरीले निर्देशन गर्दैछन्। परशुरामलाई सहनिर्देशनमा रामलाल चौधरीले सहयोग गर्दैछ।

थारु महिलाहरुको महान पर्वसमेत रहेको जितियामा रामलाल चौधरी, रेणु चौधरी, जानकी चौधरी, सनम चौधरी, ज्ञानिशा चौधरी, एन्डिसा चौधरी, सनराइज चौधरी, सुमित्रा चौधरी, हर्षनारायण चौधरी, बाल कलाकार प्राप्ती चौधरीलगायत छन्।

Leave a Reply

Your email address will not be published.