सांसद चौधरीको बुबाको पुण्य तिथिमा शोकसभा

नेकपा एमालेका सांसद वैजनाथ चौधरीका पिता स्वर्गीय तेतरप्रसाद चौधरीको १३औँ दिनको पुण्य तिथिमा नेकपा एमाले परासी जिल्ला संगठन कमिटिले श्रद्धान्जली सभा सम्पन्न गरेको छ। चौधरीको निवास सरावल गाउँपालिका वडा नं. २ स्थित तिलकपुर मगरमुडाहामा भएको श्रद्धान्जली सभा जिल्ला सहसंयोजक थानप्रसाद गैरेको अध्यक्षता तथा केन्द्रीय सदस्य लिला गिरीको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य लिला गिरीले स्वर्गीय तेतरप्रसाद चौधरीले यस क्षेत्रमा खासगरी शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याएको भन्दै सम्झना ब्यक्त गरे।

कार्यक्रममा एमाले प्रदेश नं. ५ का कार्यालय सचिव गोपाल भटराई, जिल्ला सहसंयोजक थानप्रसाद गैरे, जिल्ला सदस्य राजन आर्चाय लगायतले समवेदना व्यक्त गरेका थिए। शोकाकुल परिवारको तर्फबाट स्वर्गीय तेतर प्रसादका जेष्ठ सुपुत्र ओमनारायण चौधरी र माइला सुपुत्र सांसद चौधरीले धन्यवाद दिएका थिए।

८७ वर्षय तेतर प्रसादको गत फागुन २७ गते निधन भएको थियो। शोकसभामा एमालेका केन्द्रीय नेता, प्रदेश स्तरका नेता, जिल्ला, क्षेत्र, नगर, गाउँ स्तरका नेता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता थियो।

 

Leave a Reply

Your email address will not be published.