गच्छदार, दहित, रुक्मिणीसहित ५ पार्टीले मागे तराईमा आठौं प्रदेश

आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनुपर्ने प्रदेशमा माग गरिएको छ। विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता गराएको हो। संविधानको अनुसूची ४ मा संशोधन माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराइएको हो।

जस अनुसार प्रदेश नं १ बाट झापा, मोरङ, सुनसरी र उदयपुरलाई झिक्न माग गरिएको छ। यस्तै प्रदेश २ बाट सप्तरीलाई निकाल्नुपर्ने भनिएको छ। चितवनको तल्लो खण्डलाई प्रदेश नं ३ बाट हटाउन संशोधनमा भनिएको छ। प्रदेश नं ४ मा पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमका पूर्वी भाग, रोल्पा र प्युठानलाई थप्न भनिएको छ। यस्तै ४ नम्रब प्रदेशमा सुस्ता पूर्व बर्दघाटलाई झिकेर संशोधन गर्न माग गरिएको छ।

५ नम्बर प्रदेशमा कञ्चनपुर, कैलाली, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग र चितवनको तल्लो खण्डलाई थप्नुपर्ने जिकिर गरिएको छ। पाल्पा, अर्घाँखाँची, गुल्मी र रुकुमको पूर्वी भागलाई हटाउन माग गरिएको छ। ७ नम्बर प्रदेशबाट कैलाली र कञ्चनपुरलाई हटाउन भनिएको छ।

फोरम लोकतान्त्रिका सांसद योगेन्द्र चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावकको समर्थनमा थारुहट तराई पार्टी, सांघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), दलित जनजाती पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक छन्।

हेर्नुस्:

  अशोक दाहालबाट प्राप्त तस्बिर।

त्यस्तै हालसालै बाबुराम नेतृत्वको नयाँ शक्ति नेपालसँग पार्टी एकीकरण गेरकी सांसद गंगा थारुले पनि संशोधन प्रस्ताव दर्ता गरेकी छन्। उनले थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)कै नामबाटै संशोधन दर्ता गरेकी हुन्। हेर्नुस् :

Leave a Reply

Your email address will not be published.