थरुहट पक्षद्वारा कैलाली-कञ्चनपुर बन्द

धनगढी- सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको भन्दै आज कैलाली-कञ्चनपुर बन्दको आह्वान गरेको छ। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै थारु नेताहरुले विरोध जनाएका छन्। संशोधन प्रस्ताव अपुरो रहेको र यसलाई कुनै पनि हालतमा मान्न नसकिने थरुहट पक्षधरको भनाइ छ।

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले बन्द सफल पार्न सबै पक्षसँग आग्रह गरेको छ। बन्द अवज्ञा गरेको पाइएमा हुनसक्ने क्षतिको जिम्मा आफै हुने चेतावनी पनि दिएको छ।  विज्ञप्तरी जारी गर्दै समितिले भनेको छ- ‘बन्दको कार्यक्रमलाई अवज्ञा गरे जा भएको पाइएमा सोको जिम्मेवारी स्वयं व्यवसायी वा राज्य हुने ब्यवहोरा जानकारी गराउन चाहन्छु। साथै अत्यावश्यक सेवाका साधानहरु एम्बुलेन् दमकल कूटनीतिक नियोग पत्रकार र सुरक्षाकर्मीलाई छुट रहेको ब्यवहोरा जानकारी गराउँछौं।’

 

Leave a Reply

Your email address will not be published.