कैलाली, कञ्चनपुर नपाएसम्म संसोधन विधेयक मान्दैनौं : थरुहट तराई पार्टी

थरुहट तराई पार्टी नेपालले संविधान संसोधन विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ। सरकारले आन्दोलनरत् घटक संगठनसंग कुनै छलफल र सहमति बिना नश्लिय शासक मनोवृत्तिका साथ एकतर्फिरुपमा दर्ता गराएको संशोधन विधेयकले आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, महिला, शिल्पी (दलित), अल्पसंख्यक, सिमान्तकृत आदि जाति, वर्ग, लिंग, क्षेत्रको माग मुद्दालाई सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। 

‘राज्य पुनःसंरचनाको सावालमा थरुहट भूगोलको पश्चिम नवलपरासीको नवलपुरदेखि कैलाली, कञ्चनपुरसमेतका जिल्लालाई ५ नं. प्रदेशमा र पूर्वका सुनसरी मोरङ र झापा जिल्लालाई २ नं. प्रदेशमा समावेश नगरिएसम्म कुनै पनि सर्तमा थरुहट तराई पार्टी नेपाललाई स्वीकार्य हुने छैन,’ अध्यक्ष भानुराम चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

हेर्नुस् प्रेस विज्ञप्ती

नेपाल सरकार मन्त्रीपरिषद्ले संविधान संशोधनका लागि संसदमा दर्ता गराएको संशोधन विधेयक प्रति थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारले आन्दोलनरत् घटक संगठनसंग कुनै छलफल र सहमति बिना नश्लिय शासक मनोवृत्तिका साथ एकतर्फिरुपमा दर्ता गराएको संशोधन विधेयकले आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, महिला, शिल्पी (दलित), अल्पसंख्यक, सिमान्तकृत आदि जाति, वर्ग, लिंग, क्षेत्रको माग मुद्दाहरुलाई सम्बोधन गरेको छैन । राज्य पुनःसंरचनाको सावालमा थरुहट भूगोलको पश्चिम नवलपरासीको नवलपुरदेखि कैलाली कञ्चनपुर, समेतका जिल्लालाई ५ नं. प्रदेशमा र पूर्वका सुनसरी मोरङ र झापा जिल्लालाई २ नं. प्रदेशमा समावेश नगरिएसम्म कुनै पनि सर्तमा थरुहट तराई पार्टी नेपाललाई स्वीकार्य हुने छैन । सरकारले ल्याएको यस संशोधन विधेयकले थरुहट, आदिवासी जनजाति, संघीय गठबन्धन, मधेसी मोर्चा आदिसंग विभन्नि चरणमा भएका सहमति सम्झौता र पछिल्लो चरणमा संघीय गठबन्धनसंग भएको ३ बुँदे सहमति अनुरुप २६ बुँदे मागलाई सम्बोधन नगरिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ । साथै थरुहट, मधेसी, आदिवासी जनजाति आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा अविलम्व खारेज गरी राजवन्दी बनाइएका निअपराध आन्दोलनकर्मीहरुलाई निःशर्त रिहाई, क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारसंग जोरदार माग गर्दछौं । हाम्रो माग मुद्दाप्रति सरकार यसरी नै संवेदनशील भएन भने अबको हाम्रो आन्दोलन एकदमै शसक्तरुपमा हुने र यसबाट पर्नजाने सम्पूर्ण असरको जिम्मेवारी सरकार नै हुने व्यहोरा यसै प्रेष विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।

जयथरुहट

भानुराम थारु
अध्यक्ष
थरुहट तराई पार्टी, नेपाल केन्द्रीय समिति

Leave a Reply

Your email address will not be published.