कुलदीप चौधरीको अध्यक्षतामा थारु पत्रकारको सुनसरी शाखा गठन

थारु पत्रकार संघ नेपालको सुनसरी शाखा गठन भएको छ। सुनसरीमा आयोजित भेलाले कुलदीप चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति बनेको हो। जसको उपाध्यक्षमा निशान चौधरी, सचिवमा सुनिल चौधरी, सहसचिवमा एलएन गच्छदार र कोषाध्यक्षमा आरती चौधरी छन् ।

त्यस्तै सदस्यहरुमा दिब्या चौधरी, श्रवण चौधरी, गीता विश्वास, सुरेन्द्र चौधरी, कमला कुमारी चौधरी र ललिता चौधरी छन् ।

भेलाले सल्लाहकारमा धीरेन्द्र चौधरी, तेजनारायण चौधरी, केसीलाल चौधरी र मनोज चौधरीलाई चयन गरेको छ।

संघका केन्द्रीय उपाध्यक्ष प्रदीप लेखीको उपस्थितिमा सुनसरीमा पहिलोपटक थारु पत्रका संघ नेपालको शाखा गठन भएको हो। यसले नयाँ आयामको थालनी भएको सहभागीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published.