रेशम चौधरी।
दशैँको अस्तमिको दिन, घरमा सबैजना जम्मा भएर ढिकरी ९थारुहरुको मिठो ब्यन्जन० खाँदैछन रे। माइलो भाइले फोन गरेर भन्यो( दाइ हजुरआमा सार्है रुनुभो। आमाले पनि हजुरलाई सम्झेर ढिकरी खानु भएन। म पनि आँशु थाम्न सकिन अनि हजुरलाई फोन गरेको। भाइले तेसोभन्दा मैले पनि आशुँ थाम्न सकिन, धरधरी रोए। हजुरबुबा गतसाल मात्रै बित्नुभएको। न्यास्रोको एकमात्रै सहारा म थिएँ- हजुरआमाको लागि। ढछ वर्षकी हजुरआमालाई सबैभन्दा ठूलो बिश्वास थियो ममाथि। मेरा साथीहरू भेट्न जाँदा बेलाबेलामा सोध्थिन रे- होइन मेरो नातिले मान्छे मारेकै हो तरु मेरी हजुरआमाको यस्तो कुरा सुनेर मेरा साथीहरू भक्कानिँदै मेरो निर्दोशिताको जवाफ दिन्थे रे। अनि मेरी हजुर आमाले ममाथि अन्याय गर्नेहरुलाई सत्तोसराप दिन्थिन रे।
अस्ति एक हप्ता पहिले हजुरआमाले फेरि सोधिछिन्ये- सपालि रेशम आउँछ कि आउन्नरु भाइले जवाफ दिएछ(सरकारसँग कुरा मिल्दैछ, आउँछ होला।
ल जसरी पनि आउन भन्नु,रन्जिता र आभुलाई पनि ल्याउन भन्नु, यसपाली उसलाई टीका लगाइदिनुछ, आशीर्वाद दिनुछ, म अब कति नै बाँच्छु ररु मलाई लाल झुलुवा ९रातो भेस्ट० पनि ल्याउन भनिदिनु।
भाइले कान्तिपुर दैनिक पढेर थाहा पाएछ- दशैँ अगाडि कुरा मिल्लाजस्तो छैन। मलाई फोन गरेर भन्यो( दाइ म अब घर जान्न। तपाईँ बिना घर सुनसान हुन्छ। हजुरआमाको जवाफ मसँग छैन। घरको जेठो छोरो तपाईँ, देबीदेवताले पनि तपाईँलाई नै सोधेजस्तो लाग्छ। एक सासमा कुरो सिध्यायो र फोन राख्यो, सायद आँशुको भल बग्योहोला। मलाइ सार्है न्यास्रो लाग्यो, कल्पियर लेख्न बसे।
सबैले भन्छन्- दशैँ आयो, दशैँ आयो
नयाँ लुगा लाउला, मिठो मिठो खाउला
तर खोइ यहाँ त,
तिमीले मात्रै खानेभयोरु तिमीले मात्र लाउने भयोरु
दशैँ त सबैको हो, मिलीजुली खानुपर्ने
तर कस्तो बाध्यतारु
तिमीले कुपुकुपु मासुभात खाएको
हामीले कल्पियर हेर्नुपर्ने
‘आँशु चुहाउँदै’- पीर नलिनु हजुरआमा हजुरको नाती एक न एक दिन जरुर आउँछ। तपाईँको हातबाट रातो टीका थाप्न आउँछ। विजयको बिश्वास लिएर आउँछ१ अनि आशीर्वाद दिनुहोला है हजुर आमारु
…
२०२४ सालपछि पहिलोपटक जगतपुर गाउँमा सखिया नाचको मादल बजेन रे। गाउँका सबै चेलीबेटीहरु आफ्नो प्यारो सखिया नाचको मादल बजाउने दाजु रेशम बाहिर भएरमात्रै होइन, उनको सबै सम्पत्तिमा आगो लगाइएको सुनेर पनि दुखी होलान। मेरो एकमात्रै बालसखा कान्छु संघारी पनि ढिकरी खाँदाखाँदै हिक्का छोडेर रोयो रे। मस्तरान माइला बुबा भक्त कडायत घरमा आएरै आमासँगै डाको छाडेर रुनुभएछ। शाहपुरुवाको मेरा मितबाबा लाल बहादुर शाह टोलै थर्काइथर्काइ चिच्याउनु भएछ रे। दशैँको सखिया नाचको रिपोर्टिङ गर्न आएका कान्तिपुरका पत्रकार गणेश चौधरीलाई जगतपुरको यस्तो पीडा देखेर निकै दुख लाग्यो रे१ उनले जगतपुरको मुख्य चोकमै गुनासो गरेछन्( रेशम नभए त जगतपुरमा सखिया नाचै हुँदैनरैछ।
बेलुकी बडघरको घरमा सबै गाउँले जम्मा हुँदा दहितान साइलाबाजेले बरकिमार ९थारू जातिमा दशैँमा गाइने महाभारतको गीत० गाउने मेरो रेशम नाती खोइरु भनेर सभामै सोध्नुभएछ। हाम्रो नाती निर्दोष छ, यो सब थाहा पाउँदापाउँदै जगतपुर किन चुप छरु लडनुपरे म पनि जान्छु भन्दै मतवार भएर टेक्ने लठ्ठी भुइँमा बजार्नुभएछ। ८० वर्षको उमेरमा पनि यो जोश देख्दा गाउँले चित खाएछन। हाम्री छिमेकी खडकेनी काकी त झन आमासँगै डाको छाडेर रुँदै, धेरैबेर कहाँ होलारु कस्तो होला मेरो भदु ९भतिज० भनेर बिलौना गर्नुभो रे। काठमाडौंबाट दशैँ मान्न आएको मेरो माइलो भाइलाई यो सबदेखि निकै खिन्न लागेछ, घरनजिकैको जङ्गलमा गएर मलाई फोन गर्यो। गाउँघरको बेलिबिस्तार लगाउँदा धेरैबेर हिक्क हिक्क रोइरह्यो। ऊ फोनमा रोइरहँदा न मैले फोन राख्न सकेँ न त उसको रुवाइ सुन्ने क्षमता ममा थियो। धेरैबेर पछि ऊ आफैँले फोनको लाइन काटिदियो। म त अवाक भएछु, मोबाइल फोन धेरैबेरसम्म मेरो कानमा झुन्डिरह्यो।